प्रेमीसँग गराइदिए श्रीमतीको विवाह, उपहारमा दिए छोरा
भारतको बिहारस्थित एक व्यक्तिले आफ्नी श्रीमतीको विवाह अर्का व्यक्तिसँग गराइदिएका छन् । यतिमात्र होइन उनले आफ्ना साढे दुई वर्षका छोरा श्रीमतीलाई उपहारका रुपमा सुम्पिएका छन् । यो अचम्मको विवाहमा थुप्रैको उपस्थिती पनि थियो ।
घटना बिहारको सालेपुर गाउँको हो । जहाँ एक व्यक्ति आफ्नी श्रीमतीसहित भाडाको घरमा बस्थे । उनीहरुका साढे दुई वर्षका छोरा पनि थिए । तर एकदिन ती व्यक्तिलाई कुनै मामलामा पुलिसले पक्राउ गरेर जेलमा राखे । यसैबीच ती व्यक्तिकी श्रीमतीको सम्बन्ध घर मालिकका छोरा मोनूसँग रह्यो । कुरा यति बढ्यो कि यी दुई एक–अर्काबिना बस्नै सकेनन् ।
जब महिलाका श्रीमान जेलबाट छुटे तब उनलाई उनीहरुको सम्बन्धबारे थाहा भयो । त्यसकारण उनले यी दुईको विवाह गराइदिने बारे सोचे । उनले ग्राम पंचायत भवनमा सरपञ्च पवन कुमार साहसमेत थुप्रैको उपस्थितीमा दुईको विवाह गराइदिए ।
आफ्ना साढे दुई वर्षका छोरा पनि श्रीमती र उनका प्रेमीलाई उपहारमा दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला
-
आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्माको दुई वटा भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
मधेस प्रदेश सरकार : ११ महिनामा २१ प्रतिशत बजेट खर्च
-
‘रोल नं १’ को टिकटमा किन दिइयो ५० प्रतिशत छुट ?
-
सेलिब्रेटी माझ ‘आई एम जितबहादुर’ को प्रिमिएर
-
दक्ष जनशक्ति हटाएर राज्यलाई कमजोर बनाउने खेल भइरहेको छ : रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण