अर्जुन रामपालकी प्रेमिका गर्भवतीः फोटो सेयर गर्दै भने, ‘यो बेबीका लागि धन्यवाद बेबी’
आफ्नो २० वर्षे लामो वैवाहिक सम्बन्ध अन्त्य गरेका बलिउड नायक अर्जुन रामपालकी प्रेमिका गर्भवती छिन् ।
अर्जुन रामपालले प्रेमिका ग्याब्रिएला डेमेत्रियाड्स गर्भवती भएको कुरा आफ्नो इन्स्टाग्राम अकाउन्टमार्फत् सार्वजनिक गरेका हुन् ।
उनले इन्स्टाग्राममा लेखेका छन्, ‘तिमीलाई आफ्नो जीवनमा पाउँदा र नयाँ सुरुवातका लागि धन्य छु । यो बेबीका लागि धन्यवाद बेबी ।’
उक्त फोटोमा ग्याब्रिएलालाई भुँइमा बसिरहेको देख्न सकिन्छ । यसमा उनी गर्भवती भएको स्पष्ट देख्न सकिन्छ । यस्तै, अर्जुन रामपाल सोफामा बसेर प्रेमिकाको अगाडि झुकिरहेका छन् ।
विवाहको २० वर्षपछि अर्जुन रामपालले श्रीमतीसँग सम्बन्धविच्छेद गर्दै
अर्जुनले मात्र नभई ग्याब्रिएलाले पनि आफू गर्भवती भएको सार्वजनिक गर्न त्यही फोटो पोष्ट गरेकी छिन् । उनले लेखेकी छिन्, ‘तिमीहरु दुईजनासँग निकै आभारी छु । तिमीलाई भेट्न निकै आतुर पनि...’
यी दुइले सोसल मिडियामा फोटो सेयर गर्ने बित्तिकै प्रयोगकर्ताले बधाइका सन्देश बर्साएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोरन्टोको सडक महोत्सवमा गोलीबारी, कम्तीमा २ जनाको मृत्यु
-
अमेरिकाद्वारा इरानका करिब १४० सैन्य लक्ष्यमा आक्रमण
-
मिटरब्याज विरुद्धको पैदल यात्रा चौथो दिनमा प्रवेश, लालबन्दीबाट काठमाडौँतर्फ अघि बढे पीडित (तस्बिरहरू)
-
उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा बर्खा पनि सहज
-
‘जेनजी’ आन्दोलनका योद्धाहरूलाई न्याय दिलाउँछु : अफ्साना बानु
-
रौतहटमा नवविवाहिताको शङ्कास्पद मृत्यु : माइती पक्षद्वारा हत्याको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण