भारतको ट्रेलरबारे शाहरुख र आमिर खानले बोलेपछि सलमान खानले दिए यस्तो जवाफ
सलमान खानको बहुप्रतिक्षित फिल्म भारतको ट्रेलर आजकाल चर्चामा छ । ट्रेलर सार्वजनिक भएपछि बलिउडका विभिन्न हस्तीले पनि यसलाई आफ्नो सोसल मिडिया अकाउन्टमा सेयर गरिरहेका छन् । भारतको ट्रेलर शाहरुखलाई निकै मन परेको बताएका छन् भने आमिर खान र अनिल कपुरले पनि सलमानलाई उनको फिल्मका लागि बधाई दिएका छन् । यस्तोमा सलमानले दुबै अभिनेतालाई धन्यवाद दिएका छन् ।
भारतको ट्रेलरले अत्यधिक चर्चा बटुलेपछि शाहरुख खानले पनि सलमानलाई बधाई दिएका छन् । शाहरुखले ट्वीट गर्दै लेखे, ‘के हो भाइ, निकै राम्रो छ ।’ उनको यो कमेन्टपछि सलमानले ढिला नगरी उनलाई जवाफ दिएका छन्, ‘धन्यवाद शाहरुख । पिक्चर अझैं बाँकी छ ।’
Kya baat hai bhai!! Bahut Khoob. https://t.co/0t8hQoUSbJ
— Shah Rukh Khan (@iamsrk) April 22, 2019
Thank You Shahrukh - picture abhi baaki hai... https://t.co/Q0Yc4SpmLq
— Salman Khan (@BeingSalmanKhan) April 22, 2019
यसबाहेक बलिउडका मिस्टर परफेक्सनिस्ट आमिर खानले पनि सलमान खानलाई बधाई दिँदै ट्रेलरमा ‘उत्कृष्ट’ लेखेका छन् । यस्तै, अनिल कपुरले पनि सलमान खानलाई बधाई दिएका छन् । अनिलले सोसल मिडियामा पोस्ट सेयर गर्दै लेखे, ‘भारतसँग भारतको यात्रा पुनः बाँच्नुहोस् ।’
Osm
— Aamir Khan (@AamirKhan_7) April 22, 2019
अनिल कपुरको यो कमेन्टपछि सलमान खानले उनलाई ट्याग गर्दै लेखे, ‘ट्रेलरलाई लाइक र ट्वीट गरेकोमा धन्यवाद अनिल साहब ।’
Thank u Kapoor saab for ur tweet and liking the trailer https://t.co/xibNUOP2pn
— Salman Khan (@BeingSalmanKhan) April 22, 2019
स्मरण रहोस्, फिल्म भारत दक्षिण कोरियाली फिल्म ओड टु माय फादरको हिन्दी रिमेक हो । यसमा सलमान खानसँग अभिनेत्री कट्रिना कैफ र दिशा पटानीको पनि महत्वपूर्ण भूमिका छ । फिल्मको निर्देशन अलि अब्बासले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोरन्टोको सडक महोत्सवमा गोलीबारी, कम्तीमा २ जनाको मृत्यु
-
अमेरिकाद्वारा इरानका करिब १४० सैन्य लक्ष्यमा आक्रमण
-
मिटरब्याज विरुद्धको पैदल यात्रा चौथो दिनमा प्रवेश, लालबन्दीबाट काठमाडौँतर्फ अघि बढे पीडित (तस्बिरहरू)
-
उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा बर्खा पनि सहज
-
‘जेनजी’ आन्दोलनका योद्धाहरूलाई न्याय दिलाउँछु : अफ्साना बानु
-
रौतहटमा नवविवाहिताको शङ्कास्पद मृत्यु : माइती पक्षद्वारा हत्याको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण