एनाकोन्डालाई बाटो काट्न जब मानिसहरुले सहयोग गरे (भिडियोसहित)
यो सोमबार ब्राजिलको बीआएर–३६४ हाइवेमा भएका मानिसहरु निकै चकित भए । हाइवेको बीचमा सोच्दै नसोचेको जीव आएपछि गाडीका चक्काहरुमा एक्कासी ब्रेक लाग्यो ।
पोर्टो भेल्होस्थित नर्थवेस्टर्न सिटी नजिकैको हाइवेमा एकाएक ९.८ फिट लामो एनाकोन्डा देखियो । मानिसहरुले उक्त एनाकोन्डालाई सकूशल बाटो काट्न सहयोग गरे । उनीहरुले यसको भिडियो एवं फोटो खिचेका छन् ।
सर्पले बाटो काटिएरहेको विभिन्न भिडियो थुप्रै मानिसहरुले फेसबुकमा सेयर गरेका थिए ।
ब्राजिलको मिडिया आउटलेट जीवान ग्लोबोले उक्त भिडियो पोष्ट गर्दै बायोलोजिस्ट फ्लाभियो तेरासानीसँग कुराकानी गरेकमो छ । फ्लाभियोका अनुसार उक्त एनाकोन्डा १० वर्षको हुनसक्ने र आफ्नो खाना र बासस्थानको खोजीमा भड्किएको हुनसक्ने अनुमान गरेका छन् ।
यो विशाल सर्प निकै भयानक देखिएपनि लत भिडियोमा देखिएको सर्प खासै विषालु नहुने बताइन्छ । हरियो एनाकोन्डाले मानिसलाई आफ्नो आहार बनाएको अहिलेसम्म कुनै रिपोर्ट छैन । यद्यपी, जुलोजिस्टले यस्ता जनावरको नजिक जाँदा निकै सचेत हुनुपर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
-
युक्रेनद्वारा मस्कोको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण
-
इन्फ्लुएन्सर ओरी एउटै रिलको ७६ लाख लिन्छन्, विवाहमा पाहुना बन्न २५ लाखसम्मको शुल्क
-
नारायणीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
रास्वपा महाधिवेशन : मधेस र निर्वाचन हुन नसकेका जिल्लाका लागि विशेष व्यवस्था
-
सरकारले एउटा पनि विद्यार्थीको शैक्षिक अधिकार वञ्चित गर्दैन : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण