चिट चोर्न नपाएपछि १ सय ६५ विद्यालयका सबै विद्यार्थी फेल
सोमबार, १६ वैशाख २०७६, १० : ५२
भारतको युपी बार्डका विद्यार्थीले कलेज र प्लस टुको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने गरेको समाचार भारतीय मिडियामा आइरहन्छन् तर हालै यसको नतिजाबारे अचम्मको खुलासा भएको छ ।
यो बोर्डमा सूचीकृत एक सय ६५ विद्यालय एवं कलेजका एकजना विद्यार्थीले पनि परीक्षा पास गर्न सकेनन् । यस्तै, ३ सय ८८ विद्यालयको नतिजा २० प्रतिशत मुनी छ ।
‘बोर्ड परीक्षामा चिट चोर्न नपाउने कडा नियम लागू गरेपछि यस्तो नतिजा देखा परेको हो,’ युपी बोर्डका अध्यक्ष विनय कुमार पाण्डेले भने ।
२० प्रतिशतभन्दा कम नतिजा ल्याउने ३ सय ८८ विद्यालयमध्ये १ सय ३९ प्लस टु विद्यालय थिए भने २ सय ४९ कलेज थिए ।
कुनै पनि विद्यार्थी पास नहुने स्कूलमध्ये ५० सरकारी, पाँच अर्धसरकारी र ८४ नीजि विद्यालय थिए भने १५ सरकारी, ५८ अर्धसरकारी र १७६ वटा नीजि कलेज समावेश छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
-
युक्रेनद्वारा मस्कोको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण
-
इन्फ्लुएन्सर ओरी एउटै रिलको ७६ लाख लिन्छन्, विवाहमा पाहुना बन्न २५ लाखसम्मको शुल्क
-
नारायणीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
रास्वपा महाधिवेशन : मधेस र निर्वाचन हुन नसकेका जिल्लाका लागि विशेष व्यवस्था
-
सरकारले एउटा पनि विद्यार्थीको शैक्षिक अधिकार वञ्चित गर्दैन : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण