कपिल शर्माकी प्रेमिकाले सुनिल ग्रोवरलाई ट्वीट गर्दै भनिन्, ‘कार्यक्रममा फिर्ता हुनुहोस्’
हास्यकलाकार कपिल शर्मा र सुनिल ग्रोवरबिच फ्लाइटमा भएको झगडापछि दुबैको जोडी टुटेको छ । सुनिल ग्रोवरले ‘द कपिल शर्मा शो’ छोडिदिए । यसको टिआरपीमा पनि नराम्रो असर पर्यो ।
कपिलले सुनिललाई मनाउन निकै कोसिस गरे तर सुनिल कार्यक्रममा फिर्ता हुन तयार भएनन् । कपिलले मात्र नभई उनका साथी र परिवारका सदस्यले पनि उनलाई कार्यक्रममा फिर्ता आउन आग्रह गरे । तर सुनिल अहिलेसम्म आफ्नो निर्णयमा अडिग छन् ।
अगस्ट ३ तारिखमा कपिलले सुनिलको जन्मदिनमा ट्वीटरमार्फत् शुभकामना दिए । उनले लेखेका थिए, ‘ह्याप्पी बर्थडे पाजी । भगवानले तपाईंलाई संसारको सबै खुशी दिउन् ।’
Wish u a very happy birthday @WhoSunilGrover paji ... may god bless u with all the happiness of this world. Lots of love always :)
— KAPIL (@KapilSharmaK9) August 3, 2017
यसमा सुनिलले रिप्लाई दिए, ‘धन्यवाद भाइजी । खुसी र स्वस्थ रहनुहोस् ।’
Thanks Bhaji! Stay happy and healthy. Love. https://t.co/MBFMWaUy94
— Sunil Grover (@WhoSunilGrover) August 3, 2017
सुनिलको जन्मदिनमा कपिलकी प्रेमिका गिन्नी चतरथले पनि ट्वीट गरेर शुभकामना दिइन् र उनलाई कार्यक्रममा फिर्ता हुन आग्रह गरिन् ।
गिन्नीले लेखिन्, ‘हामी तपाईंलाई धेरै मिस गर्छौं । आफ्नो भाइको कुरा मान्नुहोस् र कार्यक्रममा फिर्ता हुनुुहोस् ।’
#HappyBirthdaySunilGrover @WhoSunilGrover We really miss you. Apne chhote Bhai ki baat Maano Aur #Tkss mein waapas Aao. pic.twitter.com/Xq5ry03xYM
— Ginni Chatrath (@GinniChatrathK9) August 3, 2017
सुनिलले उनको ट्वीटमा कुनै रिप्लाई दिएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समस्याग्रस्त सहकारीका ४८ बचतकर्ताले पाए १२ लाख बचत फिर्ता
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण