नेपाली म्युजरले गर्यो टिकटकरको भेला
काठमाडौं – टिकटकमा चर्चित प्रयोगकर्ताहरु सुकेधारास्थित एक क्याफेमा भेला भए । सधै टिकटकमा एकअर्काका प्रस्तुत हेरेर रमाइरहेका उनीहरुबीच प्रत्यक्ष भेटघाट सम्भव गराएको हो, नेपाली म्युजरले ।
नेपाली म्युजर बिगत दुई बर्षदेखि टिकटकमा सक्रिय छ । नीरज लायन श्रेष्ठ र उनको टिमले संचालन गर्ने नेपाली म्युजरले टिकटकमा नेपाली गीतसंगीतको प्रबद्र्धन तथा बिस्तारमा जोड दिदै आइरहेको छ । टिकटक प्रयोगकर्ताहरु बीच आत्मीयता स्थापना गर्नका लागि ‘मिट एण्ड ग्रिट’ आयोजना गरिएको जानकारी निरजले दिए ।
नयाँ तथा पुराना एक सयभन्दा बढी टिकटक प्रयोगकर्ता युवायुवती भेला भएको कार्यक्रममा उनीहरुले अभिनय, क्यारिकेचर, डान्सका साथै गीत गाएका थिए । प्रत्यक्ष भेटघाटमा एकले अर्काको टिकटक प्रस्तुतिबारेमा प्रतिक्रिया दिनेसमेत गरेका थिए । कार्यक्रममा आयोजक नेपाली म्युजर र त्यसका एडमीनले केक काटेर रौनक थपेका थिए ।
‘टिकटक युजरहरुलाई युनाइट गरौ भनेर कार्यक्रम गरिएको हो,’ आयोजक संस्थाका प्रमुख निरजले भने,‘खासमा हाम्रो यो पाँचौ गेट–टुगेदर हो । तर यो चाहिँ सबैभन्दा ह्यज हो ।’ उनले टिकटक प्रयोगकर्ताहरु स्वस्र्फुत रुपमा उपस्थित भएको बताए ।
उनले आफूहरु छिट्टैनै पोखरामा अनि देशका अन्य शहरहरुमा मिट एण्ड ग्रिट गर्ने योजनामा रहेको बताए । बिशेषतः युवा बर्गमा चर्चित टकटकमा कतिपयका लाखौं फलोअर्स छन । टिकटकबाटै कलाकार,मोडल बन्नेहरु पनि थुप्रै छन् । नेपाली म्युजरले टिकटकमा नेपाली गीतसंगीत अप्लोड गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण