सैनिक उत्कृष्ट दृश्य हेर्न चाहन्थे, ज्वालामुखीको ७० फिट गहिरो खाल्डोमा खसे
एक ३२ वर्षका सैनिक ज्वालामुखीको उत्कृष्ट दृश्य हेर्ने चक्करमा ७० फिट गहिरो खाल्डोमा खसेका छन् । बुधबार भएको यो घटना हवाईको किलोइआ भोल्क्यानोको हो । अधिकारीका अनुसार उनी उत्कृष्ट दृश्य हेर्नका लागि रेलिङमा चढेका थिए । सैनिक नराम्रोसँग घाइते भए तर उनलाई ७० फिट गहिरो खाल्डोबाट निकालिएको छ ।
सैनिकको नाम सार्वजनिक गरिएको छैन तर उनी ओहूको स्कोफिल्ड बराक्सको बासिन्दा बताइएको छ । उनी हवाई आइल्याण्डमा एक अभ्यासमा भाग लिइरहेका थिए । स्थानीय अधिकारीका अनुसार घटना करिब साढे ६ बजेको हो ।
एक प्रत्यक्षदर्शीले अधिकारीलाई यसबारे जानकारी दिएपछि जवानको उद्दार कार्य तत्काल सुरु गरिएको थियो । सैनिकलाई उक्त खाल्डोबाट राती ९ बजेर ४० मिनेट जाँदा निकालिएको जानकारी दिइएको छ । ती व्यक्तिलाई खाल्डोबाट निकालेपछि हवाई यात्रा गराएर हिलो मेडिकल सेन्टर पुर्याइयो ।
हवाई भोल्क्यानोज नेशनल पार्कका प्रमुख रेन्जर जोन ब्रोवार्डले एक वक्तव्य जारी गरेका छन् ।
यसमा उनले भनेका छन्, ‘पर्यटकहरुले कहिले पनि सुरक्षाका लागि बनाइएका बार पार गर्ने कोसिस गर्नुहुँदैन । यस्तो गर्नु खतरनाक हुनसक्छ र मानिसको मृत्यु पनि हुनसक्छ । ’
किलोइआ भोल्क्यानो अहिले बिस्फोट भइरहेको छैन तर यो एक सक्रिय ज्वालामुखी हो । यो ज्वालामुखीले एक वर्षअघि करिब सात सय घर विनास गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला
-
आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्माको दुई वटा भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
मधेस प्रदेश सरकार : ११ महिनामा २१ प्रतिशत बजेट खर्च
-
‘रोल नं १’ को टिकटमा किन दिइयो ५० प्रतिशत छुट ?
-
सेलिब्रेटी माझ ‘आई एम जितबहादुर’ को प्रिमिएर
-
दक्ष जनशक्ति हटाएर राज्यलाई कमजोर बनाउने खेल भइरहेको छ : रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण