के एभेन्जर्स एन्डगेमले अवतारको रेकर्ड तोड्ला ? टाइटानिकको ११ दिनमै तोड्यो
मार्भलको पछिल्लो फिल्म ‘एभेन्जर्स एन्डगेम’ जेम्स क्यामरनको फिल्म ‘अवतार’ पछिको सबैभन्दा धेरै कमाई गर्ने दोस्रो फिल्म बनेको छ । द हलिउड रिपोर्टर (टिएचआर) का अनुसार यो एक्सन फिल्मले २.१८९ बिलियन डलर (२ हजार ४ सय २० खर्ब रुपैयाँ) कमाइसँगै टाइटानिकलाई ११ दिनभित्रै पछि पारिसकेको छ ।
लियोनार्दो डिक्याप्रियो र केट विन्सलेटको अभिनय रहेको टाइटानिकले सन् १९९७ मा २.१८७ बिलियन डलर कमाएको थियो र क्यामरनको फिल्म अवतारले ग्लोबल बक्स अफिसमा २.८ बिलियन डलर कमाई गरेको टिएचआरले बताएको छ ।
एभेन्जर्स एन्डगेमले अमेरिकामा मात्रै १४५.८ मिलियन डलर कमाई गरेको छ र दोस्रो सप्ताहन्तसम्म यसले विदेशबाट २८२.२ मिलियन डलर कमाएको छ ।
दोस्रो सप्ताहन्तमा ५५ प्रतिशतको गिरावट आएपनि मार्भेल सिनेम्याटिक युनिभर्सले वर्ल्डवाइड बक्स अफिसमा ४२८ मिलियन डलर कमाई गरेको छ ।
फोर्ब्सको रिपोर्ट अनुसार एभेन्जर्स एन्डगेम बक्स अफिसमा सधैं हिट रहनका लागि थप ६ सय मिलियन डलर कमाउनुपर्छ । अवतारलाई पुनः रिलिज गरिएको थियो जसले यसको कमाई २.७४९ बिलियन डलरबाट २.७८८ बिलियन डलर बनाएको थियो ।
एभेन्जर्सको यो नयाँ फिल्म संसारभरी २ बिलियन डलर कमाई गर्ने पाँच फिल्ममध्येको एक बनेको छ । अवतार (२.७८ बिलियन डलर), टाइटानिक (२.१८७ बिलियन डलर), स्टार वार्सः द फोर्स अवेकन्स (२.०६ बिलियन डलर) र एभेन्जर्सः इन्फिनिटी वार (२.०४ बिलियन डलर) सहित एभेन्जर्स एन्डगेम पनि यो सूचीमा परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोरन्टोको सडक महोत्सवमा गोलीबारी, कम्तीमा २ जनाको मृत्यु
-
अमेरिकाद्वारा इरानका करिब १४० सैन्य लक्ष्यमा आक्रमण
-
मिटरब्याज विरुद्धको पैदल यात्रा चौथो दिनमा प्रवेश, लालबन्दीबाट काठमाडौँतर्फ अघि बढे पीडित (तस्बिरहरू)
-
उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा बर्खा पनि सहज
-
‘जेनजी’ आन्दोलनका योद्धाहरूलाई न्याय दिलाउँछु : अफ्साना बानु
-
रौतहटमा नवविवाहिताको शङ्कास्पद मृत्यु : माइती पक्षद्वारा हत्याको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण