पोखरामा जाइरोकोप्टर विमान दुर्घटना
मङ्गलबार, २४ वैशाख २०७६, १६ : ०४
१
पोखरा–पोखरा विमानस्थलमा मंगलबार दिउँसो जाइरोकोप्टर विमान दुर्घटना भएको छ । पर्यटक बोकेर पोखरा नगरीको दृश्यावलोकन गरेर अवतरण गर्ने क्रममा दुर्घटना भएको हाे । सो जाइरोकोप्टर विमानमा चालक फ्रेञ्च नागरिक क्याप्टन एरिक र पर्यटक अनिश भट्टचन सवार थिए ।
दुर्घटनाबाट ठूलो क्षति भने नभएको पोखरा विमानस्थलका सूचना अधिकारी काशीनाथ पौडेलले जानकारी दिए । ‘यात्रुको हातमा सामान्य चोट लागेको छ । चालकलाई केही पनि भएको छैन,’ उनले भने, ‘तत्काल उद्दार भएकाले मानवीय क्षति हुन पाएन ।’
पंखामा खराबी भएका कारण दुर्घटना भएको हुन सक्ने जिल्ला प्रहरी कास्कीका डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।
*यसअघि समाचारमा अन्यथा भएकाले सच्याइएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सामान्य विवादमा कञ्चनपुरमा एक पूर्वशिक्षकको हत्या
-
संसद् बैठकबारे प्रधानमन्त्री र सभामुखबिच छलफल
-
ओलीलाई शेखरको जवाफ : कांग्रेस कुनै राजनीतिक दलको धम्कीले डराउँदैन
-
सुशासनमा जोड दिँदै शान्ति समाजले गणतन्त्र दिवस मनाउने
-
सहकारी समस्या समाधानका लागि छानबिन समिति गठन गर्न एकीकृत समाजवादीको माग
-
प्रतिपक्षलाई होच्याएर संसद् चल्न सक्दैन : राजेन्द्र पाण्डे