दुर्घटनावश् समुद्रमा खसेको आइफोन ह्वेलले फिर्ता दिएपछि... (भिडियो)
बेलुगु प्रजातिको ह्वेलले समुन्द्रमा दुर्घटनावश् खसेको आइफोन त्यसकी मालिकलाई फिर्ता दिएको छ ।
इशा ओप्दाहल गत सोमबार नर्वेस्थित ह्यामरफेस्ट हार्बरमा आफ्ना साथीसँग डुङ्गामा घुमिरहेकी थिइन् । इशाले आफ्नो फोन ज्याकेटको खल्तीमा राखेकी थिइन् तर त्यो बन्द गर्न भने बिर्सिएकी थिइन् । त्यसैले उनको फोन समुद्रमा खस्न बेर लागेन ।
यो कुनै नौलो घटना होइन तर फोन खसेपछि जे भयो त्यसले धेरैको ध्यान खिचेको छ । यो घटना भिडियोमा समेत कैद भएको छ ।
भिडियोमा देखिए अनुसार एउटा ह्वेल डुङ्गा नजिक देखापर्छ र पानीबाट टाउको निकालेर फोन देखाउँछ ।
त्यसपछि इशाले ह्वेलको मुखबाट फोन निकाल्छिन् ।
यो देखेर इशा छक्क पर्छिन् । ‘हामी सबै निकै चकित भएका थियौं । हामीले आँखाले देखेको कुरा पनि विश्वास गर्न सकिरहेका थिएनौं,’ उनले भनिन् । ‘म अत्यधिक खुसी भएँ । फोन फिर्ता पाएकोमा ह्वेलप्रति निकै आभारी छु ।’
भिडियो सार्वजनिक भएपछि उक्त ह्वेल रसियाली सेनाले जासुसीका लागि तालिम दिएको हुनसक्ने भन्दै धेरैले अनुमान गरेका छन् ।
गत हप्ता नर्वेली माझीले एउटा बेलुगा ह्वेललाई क्यामरा जडित हार्नेस लगाएको अवस्थामा समुद्रको किनारामा भेटेका थिए । पुलिसको सहायतमा ह्वेलको शरीरमा बाँधिएको हार्नेस निकालिएको थियो ।
विशेषज्ञका अनुसार उक्त ह्वेललाई रुसी अपरेटरको रुपमा तालिम दिइएको थियो तर तालिमको बीचमा नै ह्वेल भागेको थियो ।
स्मरण रहोस्, बेलुगा ह्वेल एक सामाजिक प्राणी हो । यसले एक–अर्कासँग कुराकानी गर्न निकै तिखो आवाज निकाल्ने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला
-
आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्माको दुई वटा भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
मधेस प्रदेश सरकार : ११ महिनामा २१ प्रतिशत बजेट खर्च
-
‘रोल नं १’ को टिकटमा किन दिइयो ५० प्रतिशत छुट ?
-
सेलिब्रेटी माझ ‘आई एम जितबहादुर’ को प्रिमिएर
-
दक्ष जनशक्ति हटाएर राज्यलाई कमजोर बनाउने खेल भइरहेको छ : रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण