के गर्भवती छिन् दीपिका पादुकोण ? सोसल मिडियामा भाइरल भइरहेको छ यो तस्बिर
बलिउड नायिका दीपिका पादुकोण र प्रियंका चोपडा मेट गाला २०१९ मा निकै भिन्न शैलीमा देखिए । दीपिका पादुकोणका लागि उनको बार्बी लुकका लागि निकै तारिफ गरिँदै छ भने प्रियंकाको भने उनका लागि सोसल मिडियामा निकै ट्रोल गरिँदै छ । दीपिका ट्रोल त भइनन् तर एक आफ्टर पार्टीको तस्बिरले भने सोसल मिडियामा उनलाई चर्चित बनाइदिएको छ ।
यो तस्बिर प्रियंकाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा सेयर गरेकी थिइन् । तस्बिरमा दीपिका पादुकोण पहेँलो रङको पहिरनमा देखिएकी छिन् ।
तस्बिरमा दीपिकाको पेट पुटुक्क बाहिर देखिएको छ । प्रयोगकर्ताले यसलाई दीपिकाको बेबी बम्प बताउँदै उनी गर्भवती भइरहेको अनुमान गरिरहेका छन् ।
दुई–तीनजना प्रयोगकर्ताले दीपिका गर्भवती भएको लेखेपछि त्यसपछि कमेन्ट बक्समा यसको चर्चा नै सुरु भयो ।
न्यूयोर्कमा आयोजित मेट गाला २०१९ मा उपस्थिती जनाउनका लागि संसारभरीका सेलिब्रिटी पुगेका छन् ।
प्रियंका चोपडा श्रीमान् निक जोनससँग देखिइन् भने दीपिका एक्लै कार्यक्रममा उपस्थित भइन् । दीपिकाकी स्टाइलिस्टले सोसल मिडियामा उनको तस्बिर साझा गरेकी छिन् ।
उनको तस्बिरमा दीपिकाका श्रीमान रणबीर सिंहले पनि कमेन्ट गरेका छन् । रणबीरले कमेन्टमा लेखे, ‘लभ इट, स्म्यासिङ’ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सभा बैठक बस्दै , बजेट पारित गराउने अन्तिम प्रयास
-
सेमीफाइनल प्रवेशका लागि अर्जेन्टिना र स्विट्जरल्यान्डबिच प्रतिस्पर्धा सुरु
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
सेमिफाइनल यात्राका लागि साबिक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै
-
देशभर मनसुनी वायुको प्रभाव, यी तीन प्रदेशमा अति भारी वर्षाको सम्भावना
-
करियरदेखि प्रेमसम्म: हेर्नुहोस् तपाईंको साप्ताहिक राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण