बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यो साताका गीत :  ‘आज म तिमीलाई...’ देखि ‘परानै दिन्छु’सम्म

बुधबार, २५ वैशाख २०७६, १३ : ३२
बुधबार, २५ वैशाख २०७६

काठमाडौं– यो साता पनि बिभिन्न नयाँ गीत संगीत बजारमा भित्रिए । अघिल्लो साताको तुलनामा यो साता संख्यामा भने केही कमी देखियो । ति गीत संगीत केही सार्वजनिक कार्यक्रम सहित बाँहिर ल्याइयो, भने केही युट्युब मार्फत सार्वजनिक भए । यस्ता छन् – यो साता बजारमा आएका गीत ।

‘आज म तिमीलाई...’
 संगीतकार सन्तोष श्रेष्ठको संगीतमा ‘आज म तिमीलाई...’ बोलको नयाँ गीत रिलिज भएको छ । गीतमा गायिका अञ्जु पन्त र गायक रवि थापा मगरले स्वर दिएका छन् । गीतका शब्द श्रीपुरुष ढकालले लेखेका हुन् । गीतको एरेञ्जर चन्द सिंहले गरेका हुन् । गीतको म्युजिक भिडियोलाई म्युजिक नेपालको युट्युब च्यानबाट रिलिज गरिएको छ ।

गीतका बारेमा प्रतिक्रिया दिँदै संगीतकार श्रेष्ठले आफ्नो सिर्जनालाई कसरी नराम्रो भनु ? भनेर प्रश्न गर्छन् । भन्छन्, ‘गीत राम्रो बनाएको छु । लय, शब्द, संगीत र स्वरको तालमेल मिलेको छ । रोमान्टिक त्यसमा पनि आधुनिक गीत राम्रो बनेको छ ।’

लामो समयको ग्यापमा राम्रो गीत बनाउनु भएको हो ? भनेर सोधिएको प्रश्नमा श्रेष्ठले भने, ‘होइन गीत त आइरहेका छन् । तपाईलाई यो गीत मन परेकोले त्यस्तो लागेको हुन सक्छ ।’ सबैको सहयोग र सल्लाहले गर्दा ‘आज तिमीलाई...’ बोलको गीत राम्रो बनेको उनी बताउँछन् ।

रोमान्टिक आधुनिक गीतको म्युजिक भिडियोमा शिल्पा पोखरेल र सनम कठायतले अभियन गरेका छन् । हेम प्रभाशले म्युजिक भिडियोका निर्देशन गरेका हुन् ।

‘साइँलो’
सर्जक शिव हमालको अर्काे गीत ‘साइँलो’ दर्शक तथा श्रोतामाझ आएको छ । हमालको लय र शब्द रहेको गीतमा विष्णु माझी र विक्रम रानाको स्वर रहेको छ । संगीत संयोजन आशिष अविरलले गरेका हुन् ।्
गीतको भिडियोमा दिलिप रायमाझी र कविता नेपालीको अभिनय रहेको छ । को मुख्य अभिनय देख्न सकिन्छ । चर्चित निर्देशक प्रकाश भट्टले निर्देशन गरेको सुदिप बरालको छायाँकन र विष्णु शर्माको सम्पादन रहेको भिडियो बिहिबार सार्बजनिक भएको थियो । गीतले पनि दर्शक, स्रोताको अत्यधिक माया पाउने सर्जक हमालको विश्वास छ । 

‘चरीले बिउ खायो’
 तारा बहादुर गुरुङको नयाँ गीत ‘चरीले बिउ खायो’ सार्बजनिक भएको छ । गीतमा गायक राम चन्द्र ढकाल र गायिका सर्मिला गुरुङको आबाज रहेको छ । 
राम चन्द्र ढकालकै शब्द रहेको गतिको भिडियोमा मोडल निशान एस के, तारा बहादुर गुरुङ र पुर्णिमा लामाको अभिनय रहेको छ । निशान एसकेले निर्देशन गरेको भिडियोमा सुवास राइको कोरियोग्राफी र छायाँकन कोरियोग्राफर शुबास राइले गरेका हुन्, भने छायाँकन दिपक गिरीले गरेका हुन् ।

‘ऐसेलुको पात’
 सारिका घिमिरे र योगेशकाजीको स्वरमा रहेको गीत ‘ऐसेलुको पात’ सार्वजनिक भएको छ । योगेशकाजीको शब्द, सङ्गीत र सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । 
सारिकाले नै निर्देशन गरेको गीतको भिडियोमा विवेक मोक्तान, नमुना श्रेष्ठ र चपुर हिरोज क्रियूलाई फिचर्ड गरिएको छ । विवेक मुक्तान र सुदीप राईको कोरियोग्राफी रहेको भिडियोमा ज्ञानेन्द्र शर्मा हुँमागाईको छायाँकन र विष्णु खड्काको सम्पादन रहेको छ ।
अभिनयसँग सँगै गायनमा आफूलाई शसक्त रुपमा प्रस्तुत गर्दै आएकी नायिका तथा गायिका सारिका घिमिरेको स्वरमा रहेका गीतहरु स्रोता÷दर्शकको रोजाइमा परेका छन् भने गायक योगेशकाजीका पनि थुप्रै गीत लोकप्रिय छन् । ‘हाम्रा अन्य गीत जस्तै ‘ऐसेलुको पात’ले पनि स्रोता÷दर्शकको माया पाउने मा हामी आशावादी छौ’, योगेश÷सारिकाले उकै स्वरमा भने ।

‘बैशाख नि बित्यो असार नि बित्यो’
 कुनै बेलाका चर्चित अभिनेता दिलिप रायमाझी पछिल्लो समय म्युजिक भिडियोमा लगातार देखिदै आएका छन् । उनै अभिनेता रायमाझी अभिनित नयाँ गीतको म्युजिक भिडियो शुक्रबार सार्वजनिक भएको छ ।
नेपाली सुगम एबम चलचित्रकी सर्वाधिक लोकप्रिय गायिका मेलिना राई र  विश्व नेपालीको युगल स्वर रहेको गीत ‘बैशाख नि बित्यो असार नि बित्यो’मा दिलिप रायमाझी र जुना सुन्दासको अभिनय रहेको छ । 
गीतमा मिलन रेग्मीको शब्द र उमेश रेग्मीको संगीत र फणिन्द्र राईको सगीत संयोजन रहेको छ । उत्सव दाहालको सिनेमाटोग्राफी बिकाश दाहालको सम्पादन र लोमस पौडेलको सहनिर्देशन रहेको गीतको म्युजिक भिडियोलाई निर्देशक युवराज वाइबाले निर्देशन गरेका हुन् ।

‘चेन छैन’
 गायक आर के खत्रीको स्वर रहेको ‘चेन छैन’ बोलको गीत आइतबार सार्वजनिक भएको छ । गीतमा गायक खत्रीको नै शब्द संगीत छ ।
अनु शाह र सुनिल घले (रिजोइस)को अभिनय रहेको गीतको भिडियो छाँयांकन उत्सब दाहालले गरेका हुन् । बिक्रम मालकीको निर्देशन तथा कोरियोग्राफी रहेको गीतमा एरेन्ज सलेन्द्र प्रधानको रहेको छ ।

‘हुर हुर रे’
 गायक रविन्द्र कुमार तामाङ र प्रीतिका तामाङको स्वर रहेको गीत ‘हुर हुर रे’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत गायक रविन्द्र कुमार तामाङकै छ । संगीत संयोजन सजल राजभण्डारीले गरेका हुन् । 
गीतमा वर्षा थेङ्ग तामाङ ,मनिष मगर,सबिन भट्टराई र पारस काजीलाई फिचरिंग गरिएको छ।सबिन भट्टराईको छायांकन रहेको भिडियोलाई रोशन दाहालले निर्देशन तथा सम्पाद गरेका हुन् ।

‘फूल जस्तै’ 
 गायक बिबि गुरुङ (बलबहादुर)को प्रस्तुती रहेको लोक तथा दोहोरी गीत हो ‘फूल जस्तै’ सार्वजनिक भएको छ । गीतमा गायक तथा मोडल सुजन लम्सालको शब्द तथा संगीत रहेको छ ।
‘फूल जस्तै’ लोक तथा दोहोरी गीतमा गायक बिबि गुरुङ (बलबहादुर) र लोक किन्नरी गायिका बिष्णु माझी सुमधुर स्वर रहेको छ । जसमा कोरस स्वर गायक प्रसाद खप्तरि मगर, यज्ञ बिक, बाब’ कृष्ण पिरयार, गायिका मनमाया वाईबा, सरु थापा र बिन्दा परियार रहेको छ ।

मारुनी स्टुडियोमा रेकर्ड गरिएको ‘फुल जस्तै’ गीतलाई कुमार रानाले मिक्सिङ गरेका हुन्, भने एरेन्जर कृष्ण बिक ‘भान्जा’को रहेको छ । 

मौसम हिमालीको निर्देशन रहेको भिडियोमा श्याम घिमिरे र जुना सुन्दासको नृत्य तथा अभिनय रहेको छ । 

गीत सार्वजनिक कार्यक्रम सामान्य तरिकाबाट गरिएको थियो । कुनै पनि तडकभडक नगरि गीतको अडियो, भिडियोका युनिट र पत्रकारहरुको मात्र उपस्थित सार्वजनिक गरिएको हो । 

‘अलि अलि पिलाउदै’

 गायक नवकृष पन्चकोटिको आवाजमा रहेको नयाँ गीत ‘अलि अलि पिलाउदै’ सार्बजनिक भएको छ । सार्बजनिक गीतमा पन्चकोटिकै शब्द रचना रहेको छ भने राजन इशानको संगीत तथा संगीत सम्योजन रहेको छ ।
गीतको भिडियो पनि सार्बजनिक भएको छ । भिडियोमा जुनार रत्नरमनोज अनि सोमियाको अभिनय रहेको छ । भिडियोलाई उत्सव दाहालले छायांकन गरेका छन भने बिकाश दाहालको सम्पादन रहेको छ भने प्रकाश धितालको निर्देशन रहेको छ ।

‘परानै दिन्छु’
  गायिका मेलिना राई र हरि लम्सालको आवाजमा ‘परानै दिन्छु’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । 
प्रल्हाद शाहको शब्द रहेको गीतमा हरि लम्सालले संगीत भरेका छन् । गीतको भिडियोमा दयाहाङ राई र लक्ष्मीको अभिनय रहेको छ । भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप