जिउँदो अक्टोपसलाई खान खोज्दा यस्तो आक्रमणमा परिन् युवती...
सि–साइड गर्ल लिटल सेभेन नामबाट लाइभ स्ट्रिम गर्ने युवतीले सीफूडको मज्जा लिइरहेको थुप्रै भिडियो पोष्ट गरिरहन्छिन् । तर यसपटक धेरैको ध्यान आकर्षित गर्न उनले भिन्न गर्ने सोच बनाइन् – जिउँदो अक्टोपस खाएर ।
उक्त ५० सेकेन्डको भिडियो सर्ट भिडियो प्लेटफर्म कुवाइसाउमा सेयर गरिएको थियो । यसमा सिसाइड गर्ल सेभेनले जिउँदो अक्टोपसलाई खान प्रयास गरिरहेको देख्न सकिन्छ । तर उक्त अक्टोपसले आफूलाई शिकार हुनबाट जोगाउन आफ्नो सकरलाई ती युवतीको अनुहारमा बेस्सरी टाँस्यो ।
अक्टोपसको टेन्टकल्स निकाल्ने क्रममा उनी बेस्सरी चिच्याइन् ।
अक्टोपसले पूर्ण रुपमा छोडेपछि उनको अनुहार निकै रातो भएको थियो ।
कुवाइसाउ अकाउन्ट अनुसार सिसाइड गर्ल लिटल सेभेन लियानयुङगाङ्ग शहरमा बस्छिन् र सीफुड मन पराउँछिन् ।
उनले दुई हप्ताअघि मात्रै लाइभ स्ट्रिमिङ च्यानल जोइन गरेकी हुन् । उनले यतिबेला क्रेफिस र लोब्सटरलगायत सीफुड खाइरहेको भिडियो सेयर गरेकी छिन् । आफ्नो करियरको छोटो अवधिमा पनि उनले पर्याप्त ध्यान खिच्न नसकेको बताएकी छिन् । ‘मेरा कुनै पनि क्लिप ट्रेन्डिङ टपिङ चार्ट’ मा पर्दैन ?’ उनले यसअघिको भिडियो क्लिपमा भनेकी छिन् ।
हेरौं भिडियोः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला
-
आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्माको दुई वटा भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
मधेस प्रदेश सरकार : ११ महिनामा २१ प्रतिशत बजेट खर्च
-
‘रोल नं १’ को टिकटमा किन दिइयो ५० प्रतिशत छुट ?
-
सेलिब्रेटी माझ ‘आई एम जितबहादुर’ को प्रिमिएर
-
दक्ष जनशक्ति हटाएर राज्यलाई कमजोर बनाउने खेल भइरहेको छ : रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण