ऋषिलाई भेट्न पुगिन् रणबीरकी पूर्व प्रेमिका दीपिका, नितु कपुरले दिइन् विशेष उपहार
न्यूयोर्कमा आयोजित मेट गालामा शानदार एन्ट्रीपछि दीपिका पादुकोण ऋषि कपुरलाई समेत भेट्न गइन् । दीपिका भेट्न जाँदा ऋषि कपुर नितु कपुर निकै खुसी थिए । भेटको तस्बिर नितुले सोसल मिडियामा सेयर पनि गरेकी छिन् । यो खुसीलाई नितु कपुर र रणबीर कपुरकी दिदी रिद्धिमाले विशेष तरिकाले व्यक्त गरे ।
वास्तवमा दीपिकालाई आमा नितु कपुर र रणबीरकी दिदी रिद्धिमाले एक विशेष ब्रासलेट उपहार दिइन् । दीपिकाले यसको तस्बिर इन्स्टाग्राममा सेयर गर्दै लेखिन्, ‘आशिर्वाद र प्रेम ।’
नितु कपुरले पनि सोसल मिडियामा दीपिकासँग बिताएका तस्बिर सेयर गरेकी थिइन् ।
स्मरण रहोस्, ऋषि कपुर लामो समयदेखि न्यूयोर्कमा आफ्नो उपचार गराइरहेका छन् । उनलाई थुप्रै सेलिब्रिटी भेट्न गइरहन्छन् । उनलाई अनुपम खेर, करिश्मा कपुर, रणधीर कपुर, आमिर खानले भेटिरहन्छन् । केही दिन अघि फिल्म निर्माता राहुल रवेलले ऋषि कपुर क्यान्सरमुक्त भइसकेको जानकारी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोरन्टोको सडक महोत्सवमा गोलीबारी, कम्तीमा २ जनाको मृत्यु
-
अमेरिकाद्वारा इरानका करिब १४० सैन्य लक्ष्यमा आक्रमण
-
मिटरब्याज विरुद्धको पैदल यात्रा चौथो दिनमा प्रवेश, लालबन्दीबाट काठमाडौँतर्फ अघि बढे पीडित (तस्बिरहरू)
-
उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा बर्खा पनि सहज
-
‘जेनजी’ आन्दोलनका योद्धाहरूलाई न्याय दिलाउँछु : अफ्साना बानु
-
रौतहटमा नवविवाहिताको शङ्कास्पद मृत्यु : माइती पक्षद्वारा हत्याको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण