एक सय वर्षकी आमाले ८२ वर्षको छोरालाई स्याहार्दै
एजेन्सी – एउटा बच्चासँगै आमाको जिम्मेवारी सुरु हुन्छ । अझ भनौँ बच्चा गर्भमा आएदेखि नै एउटी आमाको बच्चाको लागि हरेक पल सर्तक हुने गर्छिन् । आफ्ना सन्तानप्रतिको आमाको जिम्मेवारी जीवनको अन्तिम समयसम्म पनि उत्तिकै रहने गर्छ । छोराछोरी जतिनै ठूला किन नहुन् उनीहरुप्रति आमाले गर्ने व्यवहार र चिन्ता सधैँ बच्चपनको जस्तै हुन्छ ।
यस्तै एउटा उदाहरण छ, जहाँ ८२ वर्षको छोरालाई १०० वर्षकी आमाले स्याहारसुसार गर्दैछिन् । लीवरपूल इङ्ग्याण्डकी एक सय वर्षीया एडा किन्टिगका चारजना सन्तान छन् । जसमध्ये टोम किन्टिग सबैभन्दा जेठो छोरा हुन् ।
सन् २०१६ मा स्याहार गर्ने कोहि नभएपछि टोम मास भ्यू केयरहोम गएका थिए । कहिल्यै बिहे नगरेका टोमले केयरहोम गएको थाहा पाएपछि एडा निकै चिन्तित बनिन् ।
त्यसपछि उनी छोराको हेरचाह गर्न उनीसँगै केयरहोम गइन् । उनीहरु तीन वर्षदेखि सँगै बस्दै आइरहेका छन् । उनी नर्स हुन् । त्यसैले पनि उनी केयरहोमका कर्मचारीलाई पनि सहयोग गर्छिन् ।
उनीहरु दिनभरी सँगै हाँसखेल गर्छन् । विहान टोम उठ्नुभन्दा अगाडि नै एडाले उनको लागि खाना, खाजा तयार गर्ने गर्छिन् । एउटा अन्तरवार्तामा एडाले भनिन्, ‘तपाईं कसरी भूल्न सक्नुहुन्छ कि तपाईं आमा हो । म कहिल्यै पनि टोमको हेरचाह गर्न बिर्सिन्न ।’
उनीहरुलाई भेट्न उनका नाति÷पनातीहरु पनि केयर होम आउने गर्छन्् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
-
युक्रेनद्वारा मस्कोको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण
-
इन्फ्लुएन्सर ओरी एउटै रिलको ७६ लाख लिन्छन्, विवाहमा पाहुना बन्न २५ लाखसम्मको शुल्क
-
नारायणीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
रास्वपा महाधिवेशन : मधेस र निर्वाचन हुन नसकेका जिल्लाका लागि विशेष व्यवस्था
-
सरकारले एउटा पनि विद्यार्थीको शैक्षिक अधिकार वञ्चित गर्दैन : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण