करोडपतिको ज्वाइँ बन्न अनौठो शर्त
थाइल्याण्डका करोडपति व्यापारी अनोन्त रोथांगले आफ्नी छोरीको विवाहको लागि अनौठो शर्तहरु अगाडि सारेका छन् ।
छोरीको विवाहको लागि उनले दिएको अनलाइन विज्ञापनका अनुसार, उनको छोरीलाई विवाह गर्ने केटाले ३,१३,५०० डलर नगद तथा उनको व्यवसायमा मालिक बन्ने मौका पाउनेछन् ।
तर यसका लागि केही शर्तहरु चाहिँ पालना गर्नुपर्ने हुन्छ । सवैभन्दा पहिले त उनको छोरीसँग विवाह गर्न चाहने मेहनती हुनुपर्छ, चुरोट खैनी नखाने हुनुपर्छ, उसको उमेर २६ देखि ४० वर्षको बीचमा हुनुपर्छ ।
रमाइलो कुरा त के छ भने उनको ज्वाइँ बन्न चाहनेले उनले कारोवार गर्ने ड्यूरियन फलहरुको व्यापारको बारेमा सबै कुरा सिक्न र बुझ्नका लागि तत्पर पनि हुनुपर्छ ।
चार बच्चाहरुको पिता रोथांगको प्राथमिकता चाहिँ माथिका शर्तहरु पालना गर्ने चिनियाँहरु रहेका छन् । छोरीको विवाहमा पनि व्यापारिक बुद्धिको प्रदर्शन गर्ने उनको आँखा चाहिँ विशाल चिनियाँ बजारमा पनि रहेको देखिन्छ । पछिल्लो केही वर्षहरुमा चिनियाँ बजार थाइल्याण्डको लागि एउटा गतिलो एक्सपोर्ट बजार बन्दै गइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला
-
आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्माको दुई वटा भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
मधेस प्रदेश सरकार : ११ महिनामा २१ प्रतिशत बजेट खर्च
-
‘रोल नं १’ को टिकटमा किन दिइयो ५० प्रतिशत छुट ?
-
सेलिब्रेटी माझ ‘आई एम जितबहादुर’ को प्रिमिएर
-
दक्ष जनशक्ति हटाएर राज्यलाई कमजोर बनाउने खेल भइरहेको छ : रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण