पुलबाट हाम फालेर नायकले गरे आत्महत्या, निकै दुःखद छ अन्तिम सन्देश
४२ वर्षका नायक इसाक क्यापीले पुलबाट हाम फालेर आत्महत्या गरेका छन् । इसाक चर्चित फिल्म थोरमा आफ्नो महत्वपूर्ण भूमिकाका लागि परिचित छन् ।
यूएसए टुडेको रिपोर्ट अनुसार अभिनेताले एरिजोनाको फ्ल्यागस्टाफ नजिकैको एक पुलबाट राजमार्गमा हाम फालेर आत्महत्या गरेका हुन् । एरिजोनाको सार्वजनिक सुरक्षा विभागले यो जानकारी दिएको हो ।
रिपोर्टका अनुसार दुई पुरुषले उनलाई हाम हाल्नबाट रोक्ने कोसिस पनि गरे तर उनीहरु सफल हुन सकेनन् । हाम फालेपछि उनी एक गाडीसँग ठोक्किए जसका कारण उनको घटनास्थलमा नै मृत्यु भएको जानकारीमा उल्लेख छ ।
नायकले आत्महत्याअघि आफ्नो इन्स्टाग्राम अकाउन्टमा लामो र दुखी बनाउने मेसेज लेखेका छन् ।
उनले आफ्नो पोष्टमा लेखे, ‘पछिल्लो एक हप्तामा मैले आफ्नै विषयमा विभिन्न आत्ममन्थन गरेको छु । मैले आफूले आफैंलाई राम्रो मान्छे ठान्थेँ तर म राम्रो व्यक्ति होइन । म यो भन्न चाहन्छु कि म सधैंभरी एक नराम्रो व्यक्ति नै रहेँ ।’
आफ्नो उक्त पोष्टमा उनले रक्सी र लागुऔषधसँगको संघर्षको कथा पनि बयान गरेका छन् । उनले जिसस क्राइस्ट, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र ती सबैसँग माफी मागेका छन् जसलाई उनले जानी नजानी दुःख पुर्याएका छन् ।
उनले थुप्रै चर्चित फिल्ममा साना भूमिका निभाएका थिए । सन् २०११ मा ब्लककस्टर फिल्म थोरमा आफ्नो भूमिकाबाट उनले सबैभन्दा धेरै चर्चा बटुलेका थिए । यसबाहेक सन् २००९ मा रिलिज भएको फिल्म ‘टर्मिनेटर साल्वेशन’ मा उनले बारबारोसा र यसै वर्ष रिलिन भएको फिल्म ‘फ्यानबोयज’ मा गरफनकेलको भूमिका निभाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
-
नवजात छोरीका नाममा १० हजारको मुद्दति खाता
-
कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसिटिभी जडान
-
व्यासलाई सांस्कृतिक राजधानी बनाइने
-
जेनजी अभियन्ता पक्राउ परेकोमा नारायणकाजीको आपत्ति, तत्काल रिहाइको माग
-
बुबाको हत्याको बदला लिने इरानका सर्वोच्च नेता मोक्तबाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण