गजलः मायामा भिखारी भएर आयो
शनिबार, ०४ जेठ २०७६, ११ : ३५
विष्णुप्रसाद आचार्य ‘अतृप्त’
सबै सुम्पिई मायामा भिखारी भएर आयो
आफ्नै हाल सम्झेँ, मन भारी भएर आयो
खुब पसिना बगायो साहूकोमा काम गर्दा
अहिले अह्राउँछ मात्र, सरकारी भएर आयो
चराको बिस्टाबाट जीवन पाएको हो जसले
त्यही पीपल आज ठूलो चौतारी भएर आयो
हातमा तरबार लिई वधशाला पसेको मान्छे
निस्कँदा रुद्राक्ष जप्दै, सदाचारी भएर आयो
नदी कटानमा परिसकेको यो फूलबारीमा
आयो कोही यसबेला, हजारी भएर आयो ।
तारकेश्वर नगरपालिका–२, काठमाडौँ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस–एमालेको पूर्वसहमति भत्कियो, प्रदेश सरकार गठनमा नेकपा निर्णायक
-
२०१० को स्पेन र २०२६ को स्पेनमा के फरक छ ?
-
सुरक्षा परिषद् सुधारका लागि तत्काल कदम चाल्न भारतकाे आह्वान
-
राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते
-
सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश
-
मेस्सीले करियरमा अब इंग्ल्याण्डलाई हराउन मात्र बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण