‘कोबेल्कोको एसके २२० एक्सडीएलसी’ एक्स्क्याभेटर नेपालमा
नविनतम प्रविधियुक्त जापानी प्रविधिमा निर्मित २१ टन क्षमताको ‘कोबेल्को एसके २२० एक्सडी’ मेडेलको एक्स्क्याभेटर नेपालमा पहिलो पटक ल्याइएको छ । विश्व प्रसिद्ध कोबेल्को ब्राण्ड एक्स्क्याभेटरका अधिकृत आयात कर्ता पूजा कन्स्ट्रक्सन नेपालले उपलब्ध गराएको हो ।
राजधानीको सोल्टी होटलमा आयोजित पत्रकार सम्मेलनमा एक कार्यक्रम आयोजना गरी कम्पनीले उक्त जानाकारी दिइएको हो । नेपालको भुगोल परिबेशलाई उपयुक्त हुने गरी ल्याइएको उक्त एक्स्क्याभेटर चुनौतिपुर्ण प्रयोगलाई ध्यानमा राखी डिजाइन गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अत्यन्त विषम अवस्थितिमा समेत कार्य गर्न सक्षम उक्त मेशिन अत्यन्त शक्तिशाली तथा उच्च उत्पादकत्वयुक्त भएको जनाएको छ ।
पछिल्लो पुस्तालाई मध्यनजर गरेर आएको उक्त मेशिन जापनी प्रविधि अन्तर्गत भारतको श्री सहरमा उत्पादन गरिन्छ । ‘नेपालमा बिक्रि हुदै आएको मेशिन ७० प्रतिशत मेशिन ब्रेकर अपरेशनमा प्रयोग भएको तथ्यांक पाइन्छ’ पुजा कन्स्ट्रक्सन नेपाल प्रालिका सीइओ बिबेक बिजक्छेले भने, ‘इच्छुक कम्पनीहरुलाई एलसी खोली सिधै भारतबाट खरीद गर्न सकिने वैकल्पिक सुविधा पनि दिएको छ ।’ मेशिनलाई सुचारु रुपमा पार्टपुर्जा तथा खरीदपछिको सेवा उपलब्ध गराइने प्रत्याभुति समेत कम्पनीले दिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’
-
धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : ओली
-
राप्ती नदीमा डुबेर युवतीको मृत्यु
-
संघीय सांसद श्रेष्ठद्वारा बाराका आगलागी पीडितलाई राहत सामग्री प्रदान
-
गुल्मीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, एक जना घाइते
-
डीभीको रिजल्ट आयो, कसरी हेर्ने नतिजा ?