‘कोबेल्कोको एसके २२० एक्सडीएलसी’ एक्स्क्याभेटर नेपालमा
नविनतम प्रविधियुक्त जापानी प्रविधिमा निर्मित २१ टन क्षमताको ‘कोबेल्को एसके २२० एक्सडी’ मेडेलको एक्स्क्याभेटर नेपालमा पहिलो पटक ल्याइएको छ । विश्व प्रसिद्ध कोबेल्को ब्राण्ड एक्स्क्याभेटरका अधिकृत आयात कर्ता पूजा कन्स्ट्रक्सन नेपालले उपलब्ध गराएको हो ।
राजधानीको सोल्टी होटलमा आयोजित पत्रकार सम्मेलनमा एक कार्यक्रम आयोजना गरी कम्पनीले उक्त जानाकारी दिइएको हो । नेपालको भुगोल परिबेशलाई उपयुक्त हुने गरी ल्याइएको उक्त एक्स्क्याभेटर चुनौतिपुर्ण प्रयोगलाई ध्यानमा राखी डिजाइन गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अत्यन्त विषम अवस्थितिमा समेत कार्य गर्न सक्षम उक्त मेशिन अत्यन्त शक्तिशाली तथा उच्च उत्पादकत्वयुक्त भएको जनाएको छ ।
पछिल्लो पुस्तालाई मध्यनजर गरेर आएको उक्त मेशिन जापनी प्रविधि अन्तर्गत भारतको श्री सहरमा उत्पादन गरिन्छ । ‘नेपालमा बिक्रि हुदै आएको मेशिन ७० प्रतिशत मेशिन ब्रेकर अपरेशनमा प्रयोग भएको तथ्यांक पाइन्छ’ पुजा कन्स्ट्रक्सन नेपाल प्रालिका सीइओ बिबेक बिजक्छेले भने, ‘इच्छुक कम्पनीहरुलाई एलसी खोली सिधै भारतबाट खरीद गर्न सकिने वैकल्पिक सुविधा पनि दिएको छ ।’ मेशिनलाई सुचारु रुपमा पार्टपुर्जा तथा खरीदपछिको सेवा उपलब्ध गराइने प्रत्याभुति समेत कम्पनीले दिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण