आमिर खानका भाञ्जा इमरान खानको सम्बन्धविच्छेद ?
बुधबार, ०८ जेठ २०७६, ०८ : ०८
बलिउडका ‘मिस्टर परफेक्सनिष्ट’ भनिने आमिर खानका भाञ्जा इमरान खानको श्रीमती अवन्तिका मलिकसँग सम्बन्धविच्छेद हुन लागेको खबर विभिन्न भारतीय मिडियाले प्रकाशित गरेका छन् ।
भारतीय मिडियालाई विश्वास गर्ने हो भने इमरान र अवन्तिकाको सम्बन्ध ‘ब्रेकअप’ को स्थितीमा पुगिसकेको छ । इमरानकी श्रीमती अवन्तिका इमरानको घर छोडेर छोरी इमारासँग माइतीमा बसिरहेको खबर प्रकाशित भएको छ ।
यसबारे इमरान र अवन्तिकाबाट कुनै आधिकारिक बयान सार्वजनिक भएको छैन ।
आठ वर्षअघि सन् २०११ मा यी दुईले भव्य विवाह गरेका थिए । विवाह हुनुअघि यी दुई थुप्रै वर्षसम्म प्रेम सम्बन्धमा भएको पनि बताइन्छ । उनीहरुको सम्बन्धबारे अत्यधिक चर्चासमेत हुने गर्दथ्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
-
नवजात छोरीका नाममा १० हजारको मुद्दति खाता
-
कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसिटिभी जडान
-
व्यासलाई सांस्कृतिक राजधानी बनाइने
-
जेनजी अभियन्ता पक्राउ परेकोमा नारायणकाजीको आपत्ति, तत्काल रिहाइको माग
-
बुबाको हत्याको बदला लिने इरानका सर्वोच्च नेता मोक्तबाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण