सिन्धुलीबाट ‘छ माया छपक्कै’को छायाङ्कन
काठमाडौं । दीपेन्द्र लामाको निर्देशनमा बन्न लागेका फिल्म ‘छ माया छपक्कै’को छायाङ्कन सुरु भएको छ । बिहिबार सिन्धुलीबाट फिल्मको छायाङ्कन सुरु भएको यसका निर्माता रोहित अधिकारीले जानकारी दिए ।
आगामी दशैँमा रिलिज गर्ने उद्देश्यसहित सुरु भएको फिल्म रोहित अधिकारीले दीपकराज गिरी र दीपाश्री निरौलासँगको टिपअपमा मिलेर बनाउन लागेका हुन् ।
आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मसको संयुक्त ब्यानरमा निर्माण बन्न लागेको फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, प्रकाश घिमिरे, रमा थपलियालगायतका कलाकारको अभिनय रहनेछ ।
४० वर्ष उमेर अन्तरालको प्रेम कथामा आधारित भएर निर्माण हुन लागेको फिल्मलाई हरि हुमागाईंले छायाङ्कन रहेको छ । रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहने फिल्ममा दीपक शर्माको संगीत छ ।
निर्देशक लामाको कथा रहेको फिल्मको पटकथा दीपकराज गिरीले तयार पारेका हुन् । संवाद लेखनमा भने दीपकलाई केदार घिमिरे, जितु नेपाल र अभिमन्यु निरबीले सहयोग गरेका छन् ।
जितु नेपाल र केदार केदार घिमिरे फिल्मका कार्यकारी निर्माता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण