कविता : अझै बुद्धको खोजी
–राकेश कार्की
जनयुद्धमा मारिएका
नेपाली दाजुभाइ दिदीबैनीहरु
सत्ताको ठाँटबाटमा
हतियार बिसाउनेहरु
अझै सत्ताको खोजीमा
हतियार उठाउनेहरु
हिंसामा के धर्म ?
त्यही पनि आफ्नै जन्मभूमिमा जन्मेका
बुद्धको शान्ति
आफ्नै माटो खोसिँ्रदै
हामी अझै बुद्ध खोजिरहेका छौँ ।
जब जब शान्ति हराउन थाल्यो
त्यसको खोजीमा
निस्फिक्री भई छाक कमाउन
सानीलाई खेलौना
प्रियालाई चोली सारी
आफ्नै सानो घरपरिवार बसाउन
विदेशको भूमिमा
पसिना बगाउँदै
आशाहरू सँगाल्दै
एकदिन त आफ्नै देश फर्किने आशामा
मानचित्रको नेपाल अँगाल्दै
हामी अझै बुद्ध खोजिरहेका छौँ ।
राजतन्त्र पनि गयो
गणातन्त्र पनि आयो
त्यही पनि ‘लुट्न सके लुट कान्छा’ को गीत
बज्नुपरिरहेको छ
कान्छाले खानु परेको हन्डर
कति दुःख लाग्दो छ
सुनकाण्ड, वाइडबडी, नागरिकता ऐन
आदिले देश शर्माएको छ
जनताहरूलाई लाज लागेको छ
त्यसैले त
नेपालीको स्वाभिमानले
देश विकास चाहने चिन्तनहरुले
भ्रष्टाचार, घुसखोरी नचाहने मनहरुले
हाम्रो प्यारो नेपालमा
सारा नेपालीहरुको मुटुमा
हामी अझै बुद्ध खोजिरहेका छौँ ।
लस एन्जेलस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस–एमालेको पूर्वसहमति भत्कियो, प्रदेश सरकार गठनमा नेकपा निर्णायक
-
२०१० को स्पेन र २०२६ को स्पेनमा के फरक छ ?
-
सुरक्षा परिषद् सुधारका लागि तत्काल कदम चाल्न भारतकाे आह्वान
-
राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते
-
सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश
-
मेस्सीले करियरमा अब इंग्ल्याण्डलाई हराउन मात्र बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण