महिलाले पार्किङमा जन्माइन् बच्चा, त्यसपछि अर्डर गरिन् बर्गर
एक महिलाले म्याकडोनल्डको कार पार्किङमा बच्चा जन्माएकी छिन् । बच्चालाई जन्म दिएपछि उनले क्वार्टर पाउन्डर नामको ह्यामबर्गर अर्डर गरेकी छिन् ।
महिलाका श्रीमानले आफ्नी श्रीमतीले भर्खरै बच्चालाई जन्म दिएको र श्रीमतीले अर्डर गरेको बर्गर लिन आएको बताएपछि म्याकडोनल्डका कर्मचारी चकित परेका थिए ।
म्याकडोनल्डको अष्ट्रेलियाको मेलबर्नस्थित क्रोएडोन शाखाले उनलाई जतिसक्दो छिटो सेवा प्रदान गरेको रिपोर्टले बताएको छ ।
नयाँ आमाले एम्बुलेन्स कुरिराख्दा बर्गर खाएको बताइन्छ ।
म्याकडोनल्डका एक कर्मचारीले भने, ‘दिउँसो खाजा खानेबेला उनको अर्डर आएको थियो । उनको श्रीमानले आफ्नी श्रीमतीले भर्खरै बच्चा जन्माएको बताएका थिए ।’
‘हामीले उनलाई छिटोभन्दा छिटो सेवा दियौं । हामीले केही पेय पदार्थ र डिनर बक्स पनि उपलब्ध गरायौं ।’
‘कार पार्कमा यस्तो घटना हुनु निकै रोचक हो, हामीले कार पार्किङमा गएर हेर्दा उनीहरुलाई एम्बुलेन्समा लैजाँदै गरेको देख्यौं । महिलाको स्वास्थ्य सामान्य भएको स्थिती हेर्दा बुझ्न सकिन्थ्यो,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
-
युक्रेनद्वारा मस्कोको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण
-
इन्फ्लुएन्सर ओरी एउटै रिलको ७६ लाख लिन्छन्, विवाहमा पाहुना बन्न २५ लाखसम्मको शुल्क
-
नारायणीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
रास्वपा महाधिवेशन : मधेस र निर्वाचन हुन नसकेका जिल्लाका लागि विशेष व्यवस्था
-
सरकारले एउटा पनि विद्यार्थीको शैक्षिक अधिकार वञ्चित गर्दैन : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण