‘झट्का’को पहिलो गीत ‘माया बस्यो रेडिमेड’
आइतबार, १२ जेठ २०७६, १२ : ०३
काठमाडौं – फिल्म ‘झट्का’को पहिलो गीत ‘माया बस्यो रेडिमेड’ सार्वजनिक भएको छ । ३१ जेठ रिलिज मिति घोषणा गर्दै फिल्मले यो गीत सार्वजनिक गरेको हो । फिल्मका निर्देशक रमेश बिसुङ्खे रहेका छन् ।
मनिष रेश र सहिमा श्रेष्ठको स्वर रहेको गीतमा दिनेश सुवेदीको शब्द तथा पुरुषोत्तम न्यौपानेको संगीत छ । गीतको कोरियोग्राफी सुरेश पाण्डेले गरेका हुन् ।
कलाकार सुरविर पण्डित (दाह्री बा), श्यामलाल श्रेष्ठ र मनिता श्रेष्ठ लगायतको अभिनय रहेको छ । गीतमा कलाकार पण्डितको भिन्न लुक्स र गेटअप देखाइएको छ ।
जीवन पराजुलीको छायाँकन रहेको फिल्मको निर्माता तुलसीलाल नेवा हुन्, भने कार्यकारी निर्मातामा शेखर बिसुङ्खे रहेका छन् । फिल्ममा सुरविर पण्डित, श्याम लाल श्रेष्ठ, रक्षा गुरागाइँ, ईश्वर गुरुङ, मनिता श्रेष्ठ, उमेश बिसुङ्खे, हिक्मत कुवँर, प्रदिप काफ्लेको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण