शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

अनाथ बालबालिकाको गुहार : पढ्ने व्यवस्था गरिदेउ

शुक्रबार, ०२ असार २०७४, १७ : २१
शुक्रबार, ०२ असार २०७४

डोल्पा – डोल्पाका दुर्गम गाँउका झन्डै एक दर्जन अनाथ बालबालिकाहरु सहाराविहिन भएका छन् । मुख्य अभिभाबक नै गुमाएपछि लालनपालन तथा शिक्षा स्वास्थ्यको व्यवस्था नहुँदा उनीहरु बेसहारा बनेका हुन् । उनीहरुमध्य कसैका आमा छैनन भने कसैका बुबा छैनन्, कसैका दुईवटै अभिवक गुमाएका छन् ।

त्रिपुरा सुन्दरी नगरपालिका पहाडाका करिश्मा केसी ,सोही नगरपालिकाकै बिपिन थापा,सुरेश बुढा,कर्णचन्द्र बोहोरा,नवराज शाही,रुपलाल थापा,बुधे कुलाल,कल्पना सार्की तथा ठुली भेरी नगरपालिकाका रमिता बुढाको पढेर ठुलो मान्छे बन्ने धोका अधुरै रहने भएको छ ।

‘गरिबीका कारण कापी,किताब कलम जस्ता शैक्षिक सामाग्रीको उपलब्ध गराउन नसकेकै कारण पढाईलाई निरन्तरता दिन सकिएन’ उनीहरुले एउटै स्वरमा भने “यदि कुनै पनि संघ संस्थाले हामीलाई पढ्ने वाताबरण मिलाई दिएकोभए पढेर ठुलो मान्छे बन्ने सपना साकार हुने थियो ।’ उनीहरु अहिले त्रिपुरा सुन्दरी नगरपालिकास्थित वडा नं १ दिलमाया बिष्टको घरमा बसेका छन् ।

‘पढ्ने चाहना भएर पनि स्कुल जान नपाएका ति अनाथ बालबालिकालाई पढ्ने बाताबरण मिलाई दिन घरमा ल्याएको थिँए, व्यक्तिगत रुपमा एक बर्षसम्म पढाई लेखाई गराएँ अब नसक्ने अवस्था छु,उनिहरुका लागि खाद्यान्न देखि लत्ता कपडा कापी कलम लगाएतका सामाग्रीको लागि व्यबस्था गरिदिन आग्रह गरेपनि कसैले पनि सहयोग गरेको छैन् बिष्टले बताइन् । ‘मेरो कुनै पनि आयस्रोत छैन्, अहिले उनिहरुको गासको समेत व्यबस्था गर्न धौ भएको छ, कुनै दातृ निकायले हेरिदिए असाहय बालबालिकाको उद्धार हुने थियो’ संरक्षक बिष्टले थपिन् ।

‘म १२ बर्षकी भए,कक्षा ८ मा नजिकैको सरकारी बिद्यालयमा पढ्छु ,मेरा आमा बुवा बित्नुभयो,अहिले भिनाजुको सहारामा बसेकी छुु’त्रिपुरा सुन्दरी नगरपालिका–१ बस्ने कल्पना सार्कीले भनिन् ‘भिनाजुको आर्थिक अवस्था कमजोर भएकाले सामान्य कापी कलम किन्ने अवस्था समेत छैन्,पढ्ने मन हुँदाहुँदै पनि चाहेर पनि पढ्न नसक्ने अवस्था छ’उनले गुनासो गरिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप