शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

दिशाले सलमानसँग ‘भारत’ फिल्म नै पहिलो र अन्तिम हुनसक्ने बताएपछि खानले दिए यस्तो जवाफ

बुधबार, १५ जेठ २०७६, ०९ : १५
बुधबार, १५ जेठ २०७६

भारतीय अभिनेत्री दिशा पाटनीले फिल्म भारतमा पहिलो पटक सलमान खानसँग काम गरेकी छिन् । तर दिशाले सलमान खानसँग अभिनय गर्न पाउने यो नै पहिलो र अन्तिम फिल्म हुनसक्ने बताएकी छिन् । एक अन्तरवार्तामा दिशा आफैंले यसबारे कुरा गरेकी हुन् ।

दिशाले भनिन्, ‘फिल्मका लागि निर्देशक अली अब्बसले मलाई फोन गरेर फिल्ममा मेरो भूमिका स्पेशल अपियरेन्सभन्दा बढी हुने जानकारी दिए । मैले उक्त भूमिकाका लागि हुन्छ भनिदिएँ किनभने यो भूमिका सलमानको अपोजिटमा थियो । मलाई यो फिल्मपछि सलमान खानसँग काम गर्न पाउँला नपाउँला भन्ने लाग्यो । अली सरले पनि स्क्रिप्ट सुनाउने बेला मलाई यही भनेका थिए ।’

उमेरको भिन्नताका कारण दिशाको यस्तो बयानः

जब उनलाई कि यस्तो लाग्छ भनेर सोधियो तब उनले भनिन्, ‘मेरो र सलमानको उमेरमा निकै ठूलो अन्तर छ । फिल्ममा सलमानलाई जवानको रुपमा पनि देखाइएको छ । यसै कारण मलाई उनको अपोजिटमा लिइएको हो । ’

‘भारत’ पछि सलमान खानसँग कहिले पनि काम गर्ने छैनन् दिशा पाटनी, यस्तो छ कारण

दिशाको बयानपछि आयो सलमानको प्रतिक्रियाः

दिशाको उक्त बयानपछि सलमान खानले पनि प्रतिक्रिया दिएका छन् । सलमानले एक अन्तरवार्तामा भने, ‘उनी कुन उमेर अन्तरको कुरा गरिरहेकी छिन् ? म अहिले पनि १७ वर्षकी नायिकासँग फिल्म खेलिरहेको छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप