‘बोलमाया’ पछि प्रकाश सपुतको अर्को लोकसंगित ‘गलबन्दी’ले तान्यो दर्शक
बुधबार, १५ जेठ २०७६, ०९ : ३६
गायक तथा गीतकार प्रकाश सपुतको ‘बोलमाया’ को प्रिक्वेल ‘गलबन्दी’ सार्वजनिक भएको छ । रोधीमा आधारित ‘गलबन्दी’लाई यूट्युबमा सार्वजनिक भएको चार दिनमा बीस लाखभन्दा बढी पटक हेरिएको छ ।
लोक कथालाई बुनेर निर्माण गरिएको यो गीतमा परम्परागत रोधी बस्ने प्रचलनलाई जस्ताको त्यस्तै उतारिएको छ । गीतमा प्रयोग गरिएका लोक बाजा, शब्द र लयले दर्शकको वाहीवाही पाएको छ ।
प्रकाश सपुतको आफ्नै शब्द, लय र संगीत, निर्देशनमा तयार भएको यो गीतलाई गायिका शान्ति श्री परियार र सपुत आफैंले स्वर दिएका छन् ।
भिडियोमा मोडल अञ्जली अधिकारीको अभिनय रहेको छ । बोल मायामा गर्भवति भएकी अञ्जलीले गलबन्दीमा बच्चा जन्माएर स्कुले बनाईसकेकी छिन् भने अन्त्यमा छोरालाई गाउँलेले लखेट्छन् । किन लखेट्छन् त गाउँलेले ? प्रकाशले त्यो कथा ‘बोलमाया – २’ मा देखाउने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण