भिजेको कपाल रुमालले पुस्दा किन सुक्छ ?
हामीले नुहाउँदा कपाल भिजेको हुन्छ । त्यो भिजेको कपाललाई सुख्खा पार्न हामीले रुमाल वा गम्छाले पुछ्छौं । त्यसरी पुछेपछि हाम्रो कपाल सुख्खा हुन्छ ।
तर यसरी रुमालले भिजेको कपाल पुछ्दा हाम्रो कपाल सुक्नुको रहस्य चाहिँ के होला ?
सामान्य अर्थमा भन्ने हो भने, त्यसरी कपाल पुस्दा भिजेको कपालको पानी रुमालमा सर्छ र हाम्रो कपाल सुक्छ भन्न सक्छौं । तर प्रश्न उठ्छ– कपालबाट रुमालमा पानी चाहिँ कसरी सर्छ ?
यसको उत्तर हो– केशिकाकर्षण (Capillary Attraction)। केशिकाकर्षणकै कारण भिजेको कपालबाट पानी रुमालमा सर्न जान्छ ।
अब तपाईंको मनमा प्रश्न उठ्न सक्छ– यो केशिकाकर्षण भनेकै चाहिँ के होला त ?
आउनुहोस्, यो केशिकाकर्षण भनेको के हो भन्नेबारे बुझ्न एउटा सानो प्रयोग गरौं ।
एउटा गिलासमा पानी भर्नुहोस् । अब त्यसमा शिशाको एउटा पातलो नली डुबाउनु होस् र त्यो नलीलाई ध्यानपूर्वक हेर्नुहोस् । तपाईंले गिलासको पानी त्यो डुबाइएको शिशाको नली भएर माथितिर विस्तारै सर्दै गरेको देख्नु हुनेछ । अर्थात्, गिलासको पानीलाई शिशाको नलीको भित्ताले माथितिर तान्छ । यसरी कुनै पनि वस्तुले अर्को वस्तुलाई आफूतिर तान्ने प्रक्रियालाई नै वैज्ञानिकहरुले केशिकाकर्षण भनी नामाकरण गरेका छन् ।
केशिकाकर्षण नहुँदा हो त, सुख्खा कागजले मसीलाई वा पानीलाई सोस्न सक्दैनथ्यो । लालटीनमा सलेदो भएर मट्टीतेल माथि आएर बल्न सक्दैनथ्यो । सबैभन्दा महत्वपूर्ण कुरा त के भने, रुखपातको जराबाट पानी नै पनि माथितिर सोसिएर जान सक्दैनथ्यो । केशिकाकर्षण नहुने हो भने, विश्वका अधिकांश रुखविरुवाहरु पानीको अभावमा मर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासी बस्ती विस्थापन र पीडितको पुनर्स्थापनाबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण