कट्रिनाले भनिन्, ‘कहिलेकाँही जिममा जान्ह्वीको निकै छोटो लुगा देखेर चिन्ता लाग्छ’
कट्रिना कैफले जिममा जान्ह्वी कपुरको निकै छोटो लुगा (शट्स) देखेर चिन्ता लाग्ने गरेको बताइन् । रिपोर्टका अनुसार कट्रिनाले यो बयान नेहा धुपियाको च्याट शो बिएफएफ विद वोगमा दिएकी हुन् । उनी त्यहाँ सेलिब्रिटी गेस्टको रुपमा पुगेकी थिइन् । नेहाले कट्रिनालाई त्यस्ता सेलिब्रिटीको नाम सोधिन् जसले जिम र वर्कआउट लुकको मामलामा हद पार गर्छन् ।
कट्रिनाले दिइन् यस्तो जवाफः
कट्रिनाले जवाफमा भनिन्, ‘अरु खासै छैनन् तर मलाई जिममा जान्ह्वीको निकै छोटो शट्स देखेर निकै चिन्ता लाग्छ । उनी मेरै जिममा आउँछिन् । त्यसकारण हामी धेरैजसो सँगै वर्कआउट गर्छौं । कहिले काँही मलाई उनीबारे चिन्ता लाग्छ ।’
अनाइता श्रोफसँग कार्यक्रममा पुगिन् कट्रिनाः
कार्यक्रम सम्बन्धि कट्रिनाको एउटा भिडियो सोसल मिडियामा छाएको थियो जसमा नेहाले उनलाई अन्तिम पटक कसले सेक्सी महसुस गराएको थियो भनेर प्रश्न गर्छिन् । जवाफमा कट्रिनाले भनेकी थिइन्, ‘हिजो राती’ । भिडियोमा कट्रिना आफ्नी विशेष साथी डिजाइनर अनाइता श्रोफसँग आएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसिटिभी जडान
-
व्यासलाई सांस्कृतिक राजधानी बनाइने
-
जेनजी अभियन्ता पक्राउ परेकोमा नारायणकाजीको आपत्ति, तत्काल रिहाइको माग
-
बुबाको हत्याको बदला लिने इरानका सर्वोच्च नेता मोक्तबाको चेतावनी
-
सरकारी अनुदानका खानेपानी स्रोतबाट चर्को शुल्क नलिन प्रशासनको चेतावनी
-
पुजालाई केन्द्रीय सदस्य बनाउने निर्णयबाट किन पछि हट्यो आयोग ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण