शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

७९ वर्षका वरिष्ठ हास्यकलाकार दिन्यारको मृत्यु, लामो समयदेखि थिए बिरामी

बुधबार, २२ जेठ २०७६, १२ : २६
बुधबार, २२ जेठ २०७६

भारतका वरिष्ठ मोडल, कमेडियन, फिल्म र थिएटर अभिनेता दिन्यार कन्ट्र्याक्टरको बुधबार निधन भएको छ । उनी ७९ वर्षका थिए । परिवारका अनुसार उनी लामो समयदेखि बिरामी थिए । दिन्यारको अन्तिम संस्कार बुधबार नै वरली मुम्बईमा साढे ३ बजे गरिनेछ ।

यी फिल्ममा गरे कामः

सन् १९६६ बाट करियरको सुरुवात गर्ने दिन्यारलाई विशेषगरी बाजीगर, ३६ चाइना टाउन, खेलाडी, बादशाहजस्ता फिल्मका लागि चिनिन्छ । उनले विभिन्न टेलिभिजन शोमा पनि काम गरेकी थिइन् । दिन्यारले आफ्नो करियर थिएटर आर्टिस्टको रुपमा गरेका थिए । उनी हिन्दी र गुजराती नाटकमा धेरै काम गर्दथे ।

यसै वर्ष पाएका थिए पद्मश्री अवार्डः

दिन्यारले सन् २०१९ मा पद्मश्री अवार्ड पाएका थिए ।  आफ्नो नामको घोषणा भएपछि दिन्यारले एक अन्तरवार्तामा आफूलाई विश्वास नै नभएको बताएका थिए । मलाई कसैले मूर्ख बनाइरहेको जस्तो पनि लागेको थियो । तर पछि अत्यधिक फोन आउन थालेपछि मैले विश्वास गरेँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप