शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

नेहा कक्कड पढ्ने बिद्यालय बाहिर उनका बुवाले बेच्थे समोसा

बिहीबार, २३ जेठ २०७६, १३ : ००
बिहीबार, २३ जेठ २०७६

लण्डन ठुमकदा, लड्की ब्यूटीफुल कर गई चुल, काला चश्मा जचदा ऐ जस्ता चर्चित गीतमा आफ्नो आवाज दिने नेहा कक्कड ३१ वर्ष पुरा भएकी छिन् । आज अर्थात् जून ६ मा उनको जन्मदिन पर्छ । आजकै दिन सन् १९८८ मा नेहा उत्तराखण्डको ऋषिकेशमा जन्मिएकी थिइन् । नेहाले बलिउडका थुप्रै फिल्ममा गीत गाएकी छिन् । आफ्ना गीतका लागि पनि नेहाले विभिन्न अवार्ड पनि पाइसकेकी छिन् ।

नेहा आज एक सफल गायिकाको रुपमा स्थापित भइसकेकी छिन् । तर यहाँसम्म पुग्न उनले निकै संघर्ष गर्नुपर्यो । नेहाले चार वर्षको उमेरमा आफ्नो गायन यात्रा सुरु गरेकी थिइन् । सन् २००६ मा पहिलो पटक इन्डियन आइडलको दोस्रो सिजनका लागि अडिशन पनि दिएकी थिइन् ।

नेहा ऋषिकेशको जुन स्कूलमा पढ्ने गर्थिन्, उक्त स्कूल बाहिर उनका बुवा समोसा बेच्थे । नेहाले आफैं एक अन्तरवार्तामा यसबारे जानकारी दिइन् । बुवाले यस्तो काम गरेकोमा साथीहरुले उनलाई जिस्काउने गरेकोसमेत बताइन् । तर आफूले कहिले पनि आफ्नो मनोबल खस्कन नदिएको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप