सुस्मिता सेनका भाइ राजिवले गरे गोप्य विवाह, सोसल मिडियामा घोषणा
सुस्मिता सेनका भाइ राजिवले टिभी नायिका चारु असोपासँग विवाह गरेका छन् । दुबैले शनिबार गोप्य रुपमा अदालती विवाह गरेका छन् । आइतबार बिहान राजीवले यसबारे सोसल मिडियामा जानकारी दिएका हुन् ।
उनले इन्स्टाग्राममा विवाहको फोटो सेयर गर्दै लेखेका छन्, ‘म राजीव सेन चारु असोपालाई आफ्नी आधिकारिक श्रीमतीको रुपमा स्विकार गर्दछु ।’
चारुकी आमाले दिइन् आशिर्वादः
चारुकी आमाले पनि इन्स्टाग्राममा फोटो सेयर गर्दै लेखेकी छिन्, ‘म चारु असोपा राजीव सेनलाई कानुनी रुपमा आफ्ना श्रीमान् स्विकार गर्छु ।’
उनकी आमा निलमले राजिवको इन्स्टाग्राम पोष्टमा लेखेकी छिन्, ‘परिवारमा स्वागत छ ज्वाईं राजा ।’
यस्तै, छोरीको पोष्टमा कमेन्ट गर्दै लेखेकी छिन्, ‘भगवानको आशिर्वाद तिमीहरुमाथि परिरहोस् मेरा बच्चाहरु । तपाईंहरुको जोडी शिव–पार्वतीको जस्तो सधैं रहोस् । मेरो आशिर्वाद र धेरै माया ।’
१६ जुनमा हिन्दु रितिरिवाजमा हुनेछ विवाहः
रिपोर्टलाई मान्ने हो भने अदालतमा विवाह गरेपछि यो जोडी आशिर्वाद दिन माउन्ट म्यारी चर्च र सिद्धिविनायक मन्दिर पनि गए । दुबैको जुन १६ मा हिन्दु रितिरिवाजमा विवाह हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसिटिभी जडान
-
व्यासलाई सांस्कृतिक राजधानी बनाइने
-
जेनजी अभियन्ता पक्राउ परेकोमा नारायणकाजीको आपत्ति, तत्काल रिहाइको माग
-
बुबाको हत्याको बदला लिने इरानका सर्वोच्च नेता मोक्तबाको चेतावनी
-
सरकारी अनुदानका खानेपानी स्रोतबाट चर्को शुल्क नलिन प्रशासनको चेतावनी
-
पुजालाई केन्द्रीय सदस्य बनाउने निर्णयबाट किन पछि हट्यो आयोग ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण