दोस्रो पटक आमा बनिन् ईशा देओल, छोरीको नाम राखिन् मिराया
मङ्गलबार, २८ जेठ २०७६, १३ : ३१
ईशा देओल दोस्रो पटक आमा बनेकी छिन् । उनले जून १० मा छोरीलाई जन्म दिइन् । ईशा र उनका श्रीमान् भारत तख्तानीले आफ्नी छोरीको नाम मिराया राखेका छन् । ईशाले आफ्नो इन्स्टाग्राममार्फत् यसबारे जानकारी दिएकी हुन् ।
ईशाले एक सुन्दर पोष्टमार्फत छोरीको जन्मको खुसी साझा गरिन् । यो पोस्ट सेयर गर्दै उनले लेखिन्, ‘तपाईंहरु सबैको प्रार्थना र प्रेमका लागि धन्यवाद ।’
ईशाको इन्स्टाग्राम पोस्टः
ईशाले आफ्नो दोस्रो गर्भको घोषणा जनवरीमा सोसल मिडियामार्फत् गरेकी थिइन् । उनले जेठी छोरी राध्याको एउटा फोटो सेयर गरेकी थिइन् जसमा लेखिएको थियो, ‘म चाँडै नै दिदी बन्न लागेकी छु ।’
अक्टोबर सन् २०१७ मा भएको थियो छोरी राध्याको जन्मः
त्यसपछि उनले गत महिना आफ्नो बेबी सावरको फोटो सेयर गरेकी थिइन् । ईशाकी जेठी छोरीको जन्म अक्टोबर सन् २०१७ मा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनसाङ्ख्यिकीय सङ्क्रमणको कोणबाट युवाका आकाङ्क्षा र राज्यको दायित्व
-
टाइफुन ‘बाभी’को कहर : चीनमा ९ लाखभन्दा बढी विस्थापित
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
-
गणेश नेपाली घटनापछि सडकबाट हराए नगर प्रहरी, फेरि बढ्यो अव्यवस्थित पार्किङ (तस्बिरहरू)
-
देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला
-
पहिलो खण्डको विस्तार आगामी आर्थिक वर्षदेखि सुरु हुने, अरूमा के छ अवस्था ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण