पुण्यतिथीमा प्रियंकाले पितालाई याद गर्दा ससुराले भने, ‘हाम्रो सबै प्रेम तिमीलाई, प्रिय बुहारी’
सोमबार बलिउड नायिका प्रियंका चोपडाका पिता अशोक चोपडाको छैटौं पुण्यतिथी थियो । बुवालाई स्मरण गर्दै उनले इन्स्टाग्रामा एउटा भावुक पोष्ट लेखिन् । उक्त पोष्टमा उनका ससुरा पल केविनले उनलाई सान्त्वना दिँदै मायालु मेसेज लेखेका छन् ।
प्रियंकाले आफ्नो पिताको पुण्यतिथीमा एउटा पुरानो तस्बिर सेयर गर्दै पितालाई याद गरेकी थिइन् । फोटोसँग उनले क्याप्सनमा लेखिन्, ‘६ वर्ष बित्यो । तर यस्तो लाग्छ कि हामीले हिजो मात्रै तपाईंलाई गुमाएका थियौं । मलाई तपाईंको निक्कै याद आउँछ ड्याड ।’
यो पोस्टमा उनका ससुरा पलले लेखे, ‘हाम्रो प्रेम तिमीसँग छ, मेरी प्यारी बुहारी । तिम्रो बुवाको स्थान कसैले पनि ओगट्न सक्दैन । तर यहाँ हामी तिम्रो मन नजिक छौं । हाम्रो प्रेम र समर्थन तिमीसँग छ ।’
प्रियंकाको ससुराको कमेन्टः

निकले पनि गरिन् कमेन्टः
प्रियंकाको यो पोस्टमा उनका श्रीमान् निक जोनले पनि कमेन्ट गरेका छन् । उनले पोस्टमा हार्ट इमोजी पठाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टाइफुन ‘बाभी’को कहर : चीनमा ९ लाखभन्दा बढी विस्थापित
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
-
गणेश नेपाली घटनापछि सडकबाट हराए नगर प्रहरी, फेरि बढ्यो अव्यवस्थित पार्किङ (तस्बिरहरू)
-
देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला
-
पहिलो खण्डको विस्तार आगामी आर्थिक वर्षदेखि सुरु हुने, अरूमा के छ अवस्था ?
-
तथ्याङ्कले भन्छ – इंग्ल्याण्डको विश्वकप आस केन र बेलिङ्घममै निर्भर छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण