२१ वर्षकी युवतीले बच्चा जन्माएको आधा घण्टापछि अस्पतालमै दिइन् परीक्षा
पश्चिम इथियोपियामा २१ वर्षकी अल्माज डेरेसीलाई परीक्षा अघि नै बच्चाको जन्म भइसक्ने आशा थियो । तर उनले सोचे अनुसार भएन । रमजानका कारण उनको सेकेन्डरी स्कूलको परीक्षा स्थगित भयो । नयाँ तालिका अनुसार उनको परीक्षा सोमबार अर्थात् जून ११ देखि सुरु भयो । यो मिति उनको बच्चा जन्मिने मितिबाट निकै नजिक थियो ।
सोमबार परीक्षा सुरु हुन अघि उनी लेबर रुममा जानु पर्यो जहाँ उनले छोरालाई जन्म दिइन् । बच्चा जन्माएको आधा घण्टापछि उनले अस्पतालमा नै अंग्रेजी र हिसाबबाहेक स्थानीय भाषाको परीक्षा दिइन् । त्यसको दुई दिनपछि परीक्षा केन्द्रमा अन्य परीक्षा दिनेछिन् ।
म परीक्षा कुनै पनि स्थितीमा छोड्न चाहँदैनथेँः
अल्माजले भनिन्, ‘गर्भावस्थामा पढ्न मलाई कुनै पनि समस्या भएन र म ग्रेजुएशन पूरा गर्नका लागि अर्को वर्षसम्म प्रतिक्षा गर्न चाहँदैनथेँ । यसै कारण मैले बच्चा जन्माएकै दिन परीक्षा दिएँ ।’
अल्माजका श्रीमानका अनुसार उनले अस्पतालमा नै परीक्षा दिनका लागि स्कूलसँग अपिल गरेका थिए । उनले भने, ‘उनी आफ्नो पढाईका लागि निकै गम्भीर थिइन् । विभिन्न समस्याका बाबजुद पनि उनले यस्तो गरेर देखाइन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपिका बाहिरिएपछि ‘कल्की’ मा आलियाको प्रवेश ? यस्तो छ निर्माण पक्षको भनाइ
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
-
युक्रेनद्वारा मस्कोको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण
-
इन्फ्लुएन्सर ओरी एउटै रिलको ७६ लाख लिन्छन्, विवाहमा पाहुना बन्न २५ लाखसम्मको शुल्क
-
नारायणीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
रास्वपा महाधिवेशन : मधेस र निर्वाचन हुन नसकेका जिल्लाका लागि विशेष व्यवस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण