आदित्य नारायण झाले काठमाडौमा दर्शक नचाउने
काठमाडौं – पछिल्लो समय नेपालमा विदेशी गायक आउने क्रम बढ्दो नै छ । विशेष कार्यक्रम पारेर विदेशी गायकलाई नेपालमा ल्याएर नेपाली दर्शक माँझ प्रस्तुत गरिने गरिन्छ । नेपालमा खोजिने गायक नेपाल आउने क्रममा आदित्य नारायण झा थपिने भएका छन् ।
केही वर्ष अगाडी पोखरामा कन्सर्टका लागि आएका आदित्यको काठमाडौका संगीत प्रेमी माँझ गुन्जिने भएका छन् । जुलाईको पहिलो साता राजधानीको ठमेल स्थित क्लब फरेनहाइटमा आदित्यको लाइभ प्रस्तुत हुनेछन् ।
‘आदित्य नारायण झा लाइभ इन नेपाल’नाम दिइएको उक्त कार्यक्रममा उनले आफ्ना बलिउडसँगै नेपालको हिट गीत समेत गाउनेछन् । गायकसँगै अभिनेता समेत रहेका आदित्य प्रसिद्ध गायक उदित नारायण झा र दीपा झाका छोरा हुन् ।
सारेगमपा, एक्स फ्याक्टर र खतरा खतरा खतरा जस्ता शो होस्ट गरेर चर्चामा समेत आएका आदित्यले नेपाली गीत संगीतमा ‘कुसुमे रुमाल २’ मार्फत पार्श्व गायकको रुपमा डेब्यु गरेका थिए । रंगीला फिल्म मार्फत अभिनय सुरु गरेका आदित्यले परदेश र जब प्यार किसिसे होता है मा पनि बालकलाकारको रुपमा काम गरिसकेका छन् भने उनले एक्टरको रुपमा शापित मार्फत डेब्यु गरेका थिए ।
क्लब फरेनहाइटकै आयोजनामा हुने यस कार्यक्रममा प्रवेशका लागि जेनरल टिकेट १ हजार र भिआइपी १५ सयको राखिएको छ ।
आदित्यको ताल फिल्मको जंगलमे बोले कोयल कुकू , आशिर्वादको पानि घट्ट , रामलीलाको इश्क्याउ धिस्क्याउसँगै शापित र कुसुमे रुमालका गीत चर्चित छन् भने उनले धेरै कभर गीत गाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण