यौन शोषणको आरोप खेपिरहेका नाना पाटेकरविरुद्ध कुनै प्रमाण छैनः पुलिस
बलिउड अभिनेता नाना पाटेकरलाई बिहिबार ठूलै राहत महसुस भयो । अभिनेत्री तनुश्री दत्ताद्वारा लगाइएको यौन शोषणको आरोपमा मुम्बई पुलिसले अदालतमा ‘बि समरी’ रिपोर्ट दायर गरेको छ । बि समरी रिपोर्ट त्यतिबेला दर्ता गरिन्छ जब उजुरीको आधारमा कुनै प्रमाण भेटिँदैन र पुलिस उक्त घटनामा अनुसन्धानका लागि सक्षम हुँदैन ।
नाना पाटेकरले क्लिन चिट पाएकोमा तनुश्रीम दत्ताले भनिन्, ‘भ्रस्ट पुलिस फोर्स, कानूनी प्रणालीले उनीभन्दा पनि भ्रष्ट नाना पाटेकरलाई क्लिन चिट दिएको छ, जसमाथि पहिले पनि थुप्रै महिलाले धम्की र उत्पीडनको आरोप लगाएका छन् । ’
यसबारे तनुश्रीका वकिल नितिन सातपुतेले आफूलाई अहिलेसम्म अदालत वा पुलिसको तर्फबाट कुनै जानकारी नआएको र यदि यस्तो हो भने अदालतमा चुनौती दिने बताएका छन् ।
पेश गर्न सकेनन् कुनै पनि साक्षीः
ओशिवारा पुलिसका अनुसार तनुश्रीले एफआईआर दर्ता गराएको सात महिनासम्म पनि आफ्नो दाबी समर्थन गर्नका लागि कोही पनि साक्षी प्रस्तुत गर्न सकिनन् । पुलिसले भन्यो, ‘जसले बयान दिए, त्यो तनुश्रीको आरोपसँग मेल खाँदैनन् ।’
१५ जनाको बयानपछि पनि पुष्टि हुन सकेनः
यो मामलामा नाना पाटेकर र तुनश्री दत्तासमेत पुलिसले करिब १५ जनाको बयान रेकर्ड गर्यो । यसमा अभिनेत्री डेजी शाह पनि संलग्न थिइन् जो हर्न ओके प्लिज फिल्मका कोरियोग्राफर गणेश आचार्यका सहयोगी थिइन् । पुलिसका अनुसार कुनै पनि साक्षीले तनुश्रीको बयान पुष्टि गर्न सकेनन् । डेजीले आफूलाई घटना पूर्ण रुपमा याद नभएको बताएकी थिइन् ।
१० वर्ष पुरानो मुद्दा भएका कारण समस्याः
पुलिस स्रोतका अनुसार मामला १० वर्ष पुरानो भएका कारण धेरै प्रमाण भेट्न सकिएन । धेरैले बयान दिए । साक्षीहरुले उक्त घटनालाई राम्रोसँग याद गर्न सकिरहेका थिएनन् । कतिले सुटिङमा भइरहेको ढिलाई याद भएको तर तनुश्रीको शोषणसँग जोडिएका केही पनि कुरा याद नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
-
बझाङमा जिप दुर्घटना
-
भियतनाममा भारतीय पर्यटक सवार स्पिडबोट पल्टिँदा १५ जनाको मृत्यु
-
गोल मेसिनको भिडन्त : ह्यारी केन र अर्लिङ हालान्डमध्ये तपाईं कसलाई रोज्नुहुन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण