सफलताको रहस्य
एकजना कुशल कलाकारले एक पटक एउटा अमरपक्षीको काष्टमूर्ति बनाउने विचार गर्यो ।
काष्टकलाको नियममुताबिक कलाकारले सर्वप्रथम एउटा काठको मुढामा अमरपक्षीको खाका बनायो ।
खाका देखेर एकजना आगन्तुकले हाँस्दै भन्यो, “ए, तिमीले यस्तो खाकाबाट अमरपक्षीको मूर्ति बनाउन खोजेको ? मलाई त यसबाट एउटा कुरुप उल्लूको मूर्ति बन्ला जस्तो लाग्छ !”
अर्को आगन्तुकले भन्यो, “यति ठूलो चुच्चो र यति लामो खुट्टा ! के तिमी पेलिकन पक्षीको मूर्ति त बनाउँदैछैनौ ?”
धेरै आए र धेरै कुरा गरे । कुरा प्रायः खिस्याउने, होच्याउने खालकै थिए । कुनै पनि कुराबाट कलाकार विचलित भएन । आफ्नो काम गर्दै गयो, गर्दै गयो । धेरै समयपछि एकदिन उसको काम सकियो । उसले सफलताका साथ अमरपक्षीको मूर्ति तैयार पा¥यो । मूर्ति एकदमै जीवन्त, तुरुन्तै पंखा फटफटाएर उड्लाजस्तो थियो ।
आगन्तुक तमामले कलाकारको प्रसंसा गरे । धेरै धेरै प्रशंसा गरे । पहिले खिस्याउने गिज्याउनेहरु त झन् चम्कीचम्की प्रशंसा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासी बस्ती विस्थापन र पीडितको पुनर्स्थापनाबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण