गुठी विधेयकबारे काठमाडौँबाट निर्वाचित सांसदहरुसँग माधव नेपालको छलफल
काठमाडौँ– नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री एवम् काठमाडौँ–२ का सांसद माधवकुमार नेपालले प्रस्तावित गुठी विधेयकका बारेमा काठमाडौँबाट निर्वाचित सांसदहरुसँग छलफल गरेका छन् ।
सोमबार दिउँसो सिंहदबारस्थित कृषि समितिका हलमा भएको छलफलमा सांसदहरुले विधेयकले जनताको सांस्कृतिक भावनामाथि चोट पुर्याउने देखिएकाले उनीहरुमा आक्रोश पैदा भएको भन्दै तत्काल फिर्ता लिन पहल गर्न वरिष्ठ नेता नेपाललाई आग्रह गरेका छन् ।
उनीहरुले विधेयक स्थगन वा संशोधन गरेर मात्रै नहुने भन्दै हाललाई फिर्ता लिनुपर्ने धारणा राखेका थिए । सरोकारवालाहरुसँग व्यापक छलफलपछि मात्रै गुठी विधेयक अघि बढाउन सुझाव दिएको छलफलमा सहभागी एक सांसदले बताए ।
छलफलमा उपत्यकाबाट निर्वाचित नेकपाका अधिकांश सांसद सहभागी भएको सांसद कृष्ण राईले जनाकारी दिए ।
यसैबीच प्रधानमन्त्री केपी ओलीले उपत्यकास्थित काठमाडौँ, ललितपुर र भक्तपुरका सांसद, मेयर तथा केही गुठियारलाई विधेयकबारे छलफल गर्ने बालुवाटार बोलाएका छन् ।
गुठी विधेयकबारे छलफल गर्न उनीहरुलाई तीन बजे बालुवाटारमा बोलाएपनि चार बजेसम्म छलफल सुरु नभएको बताइएको छ । यसअघि आजै बिहान प्रधानमन्त्री ओलीले गुठी विधेयकबारे भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पद्मकुमारी अर्याललगायत नेकपाका नेताहरुसँग छलफल गरेका थिए । मन्त्री अर्यालसँगको छलफलमा प्रम ओलीले विधेयक परिमार्जन गर्न सकिने भन्दै त्यसै अनुसार तयारी गर्न निर्देशन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासी बस्ती विस्थापन र पीडितको पुनर्स्थापनाबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण