सनी देओल १६ वर्षसम्म शाहरुख खानसँग किन बोलेनन् ? अहिले गरे खुलासा
बलिउड अभिनेता सनी देओल र शाहरुख खानबीच लामो समयसम्म चलेको मनमुटाव जगजाहिर छ । यो झगडा फिल्म ‘डर’ को सेटबाट सुरु भएको थियो । डर फिल्म पछि सनीले यश चोपडासँग काम नगरेको र १६ वर्षसम्म शाहरुख खानसँग कुरा नगरेको भारतीय संचार माध्यमले बताउने गरेका छन् ।
एक टिभी च्यानलसँगको कुराकानीमा सनीले डरको सेटमा भएको मनमुटावबारे खुलेर कुराकानी गरेका छन् । उनले भने, ‘फिल्ममा म कमान्डोको भूमिकामा थिएँ र शाहरुख खानले मलाई चक्कुले हमला गर्नुथियो । म यति फिट थिएँ कि मलाई कसैले (शाहरुख खान) कसरी चक्कु हान्न सक्छ भन्ने लाग्यो ।’
‘यो कुरा मलाई चित्त बुझेन, अत्यधिक रिस पनि उठ्यो । यश जी अग्रज हुनुहुन्थ्यो त्यसकारण म उहाँलाई केही भन्न सक्दिनथेँ । त्यतिबेला मैले रिसले आफ्नो हात जिन्सको खल्तीमा हालेँ । मलाई यति रिस उठेको थियो कि मेरो जिन्सको खल्ती कहिले च्यातियो, मलाई थाहा नै भएन ।’
जब सनीलाई शाहरुख खानसँग १६ वर्षसम्म बोल्नुभएन हो ? भन्ने प्रश्न सोधियो तब उनले भने, ‘यस्तो होइन कि म बोल्दै बोलिनँ । थाहा छैन के हो । म खासैसमाजसँग रमाउने मान्छे होइन । कसैसँग धेरै कुरा गर्दिनँ । हाम्रो कहिले भेट नै भएन त कुरा कसरी गर्ने ? म यसै पनि कुनै पनि पार्टीमा जादिनँ, कार्यक्रममा पनि जादिनँ । हामी सँगै काम गर्छौं तर कोहीसँग पनि धेरै कुराकानी गर्दैनौं ।’
डरको सेटमा शाहरुखदेखि निर्देशकसम्म पूरा युनिट उनीसँग डराउँथे हो ? भन्ने प्रश्नमा उनले भने, ‘उहाँहरुभित्र खोट भएका कारण सायद डराउनुभएको होला ।’ त्यसपछि उनी हाँस्न थाले ।
कामको कुरा गर्ने हो भने अन्तिम पटक फिल्म जिरोमा देखिएका थिए । फिल्मले बक्स अफिसमा खासै प्रतिक्रिया पाएन । यस्तै, सनी देओल गुरदासपुरबाट भाजपाका सांसद हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टाइफुन ‘बाभी’को कहर : चीनमा ९ लाखभन्दा बढी विस्थापित
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
-
गणेश नेपाली घटनापछि सडकबाट हराए नगर प्रहरी, फेरि बढ्यो अव्यवस्थित पार्किङ (तस्बिरहरू)
-
देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला
-
पहिलो खण्डको विस्तार आगामी आर्थिक वर्षदेखि सुरु हुने, अरूमा के छ अवस्था ?
-
तथ्याङ्कले भन्छ – इंग्ल्याण्डको विश्वकप आस केन र बेलिङ्घममै निर्भर छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण