यसकारण शाहिद कपुरले आफ्नै फिल्मलाई बताए समयको बर्बादी
फिल्म कबिर सिंहमा रिसाहा जँड्याहा डाक्टरको भूमिका निभाउने शाहिद कपुरले हालै आफ्ना फिल्मप्रति आफ्नो प्रेमबारे कुरा गरेका छन् । उनले आफ्ना केही फिल्म समयको बर्बादी मात्र भएको बताउँदै ती कहिले पनि हेर्न नरुचाउने खुलासासमेत गरेका छन् ।
उनका अनुसार गुरुदत्तको फिल्म प्यासा र साशिब बीबी र गुलामजस्ता फिल्म हेरेपछि आफूलाई हिन्दी सिनेमा प्रति प्रेम जागेको थियो । उनले भने, ‘यी फिल्मले मेरो दिमागमा घर बनाएका थिए । म सुरुमा दुरदर्शनमा जे पनि हेरेर बस्थेँ तर पछि मैले के हेर्ने के नहेर्ने भनेर चयन गर्न थालेँ ।’
स्मरण रहोस्, शाहिदले हैदर, कमिने, उड्ता पंजाब, जब वी मेटजस्ता फिल्मबाट थुप्रै प्रशंसक बटुले भने हडिप्पा, किस्मत कनेक्सन, वाह लाइफ हो ते एसीजस्ता फिल्मबाट आफ्नो प्रशंसक गुमाए पनि ।
उनले भने, ‘मेरै यस्ता फिल्म छन् जुन हेरेर म आफ्नो समय बर्बाद गर्न चाहन्नँ । कहिले काँही म आफ्नै फिल्म हेर्ने गर्छु र केही फिल्म हरेपछि मलाई महसुस हुन थाल्छ कि यस्ता फिल्म हेर्न म हलसम्म जानै सक्दिनँ ।’
उनले आफूलाई मनपर्ने फिल्मबारे कुरा गर्दै भने, ‘जाने भी दो यारो मलाई सधैंभरी मनपर्ने फिल्म हो । यदि तपाईंलाई अन्दाज अपना अपना एक शानदार फिल्म हो जस्तो लाग्छ भने जाने भी दो यारो तपाईंले पक्कै हेर्नुपर्छ । यो फिल्म हेरेपछि तपाईंले अन्दाज अपना अपना कसरी बनेको थियो भनेर थाहा पाउनुहुनेछ ।’
कबिर सिंहलाई शाहिदको करियरको महत्वपूर्ण फिल्मको रुपमा हेरिएको छ । बलिउडका चर्चित कास्टिङ डायरेक्टरले पनि फिल्मलाई शाहिदको करियरको सबैभन्दा उत्कृष्ट फिल्म बताएका छन् । यस्तोमा उनका प्रशंसक फिल्मका लागि उत्साहित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनसाङ्ख्यिकीय सङ्क्रमणको कोणबाट युवाका आकाङ्क्षा र राज्यको दायित्व
-
टाइफुन ‘बाभी’को कहर : चीनमा ९ लाखभन्दा बढी विस्थापित
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
-
गणेश नेपाली घटनापछि सडकबाट हराए नगर प्रहरी, फेरि बढ्यो अव्यवस्थित पार्किङ (तस्बिरहरू)
-
देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला
-
पहिलो खण्डको विस्तार आगामी आर्थिक वर्षदेखि सुरु हुने, अरूमा के छ अवस्था ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण