चलचित्रकर्मीले भने, ‘नृत्यले चलचित्र सिंगारेको छ’
काठमाडौं–नृत्यले नेपाली चलचित्र सिँगार्ने काम गरेको चलचित्रकर्मीले बताएका छन् । नेपाल चलचित्र नृत्य संघले राजधानीमा आयोजना गरेको ‘चलचित्रमा नृत्य’ विषय एक दिने कार्यशालामा चलचित्रकर्मीले सो कुरा बताएका हुन् ।
नेपाल चलचित्र नृत्य संघले आयोजना गरेको कार्यक्रममा कार्यशालाको उद्घाटन चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइले गरेका थिए ।
कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, नेपाल चलचित्र निर्देशक समाज अध्यक्ष सुचित्रा श्रेष्ठ, नेपाल चलचित्र प्राविधिक संघ अध्यक्ष पुष्कर लामालगायतले चलचित्रमा नृत्यको औचित्यमाथी बोलेका थिए ।
चलचित्र कलाकार संघका नवनिर्वाचित अध्यक्षलगायत सबै सदस्यलाई सम्मान गरिएको कार्यक्रममाबोड अध्यक्ष केशव भट्टराईले चलचित्र क्षेत्रको विकास गर्नका लागि कार्यशाला, गोष्ठि हुन जरुरी रहेको बताए ।
गोविन्द प्रभात कार्यक्रम संयोजक रहेको कार्यशालाको प्रशिक्षकमा क्यामेरामा गौरी शंकर धुजु, निर्देशकमा लक्ष्मी नारायणा शर्मा, नृत्यमा कमल राई र राजु शाह रहेका थिए भने अचुत घिमिरेले नृत्यको इतिहास माथि प्रकाश पारेका थिए ।
कार्यशालामा काठमाडौं र मोफसलबाट कला क्षेत्रमा काम गरिरहेका व्यक्तित्वहरुको सहभागिता रहेको थियो । उनीहरुले कार्यशाला निक्कै उपयोगी रहेको धारण राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासी बस्ती विस्थापन र पीडितको पुनर्स्थापनाबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण