फिल्म ‘एकलव्य’को पहिलो गीत ‘पूर्वै चल्न्या रेल...’
१० साउनबाट प्रदर्शनमा आउने फिल्म हो ‘एकलव्य’ । निर्माण युनिट अहिले फिल्मको प्रचारमा जोड तोडले लागि परेको छ । शोकी क्रममा फिल्मको पहिलो गीत फिल्मको प्रचारलाई बल पुर्याउन पुग्छ धनदै निर्माण ‘पूर्वै चल्न्या रेल...’ सार्वजनिक भएको छ ।
रामचन्द्र काफ्ले र जुनु रिजालले स्वर रहेको गीतमा राजेन्द्र बजगाईंको शब्द तथा संगीत छ । गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता सोनाम थापा मगर र मोडल सन्ध्या भट्टराईले ठुम्का लगाएका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा एकसय बढी कोरस प्रयोग गरिएको छ ।
अनमोल शर्माको निर्देशन रहेको फिल्म पारिवारिक प्रेमकथामा आधारित भएर निर्माण भएको हो । फिल्ममा सोनामसँगै ओसिन भट्टराई, महिला सिलवाल, पुष्कर राउत, शुशिल पोखरेल, शुष्मा कार्की, राजेन्द्र दुलाल, बिराग लोगुनको अभिनय रहेको छ ।
‘एकलव्य’लाई राजेन्द्र दुलाल, सोनाम थापा मगर र अभी थापा मगरले निर्माण गरेका हुन् । कविराजसँगै रामजी लामिछानेको पनि फिल्मका गीतमा कोरियोग्राफी छ ।
राजेन्द्र बजगाईंको गीत तथा संगीत, भोजराज देवकोटाको पटकथा तथा संवाद, कृष्ण श्रेष्ठको छायांकन फिल्म रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण