‘लैबरी सिङगिङ स्टार’को अडिसन सुरु
काठमाडौं –‘नेपाल आइडल’को सुरुवात भएसँगै नेपालमा गायन रियालिटी शो च्याउझैँ उम्रिएका छन् । तर, एकाध बाँहेक कसैले लोकप्रियता हासिल गर्न सकेका छैनन् ।
‘नेपाल आइडल’ पछि दर्शकमा राम्रो क्रेज बनाउन सफल एक अर्को गायन रियालिटी शो हो ‘लैबरी सिङगिङ स्टार’ । तीन सिजनले राम्रै लोकप्रियता हासिल गरेको यो शोको चौथो सिजन पनि सुर भएको छ ।
विद्यार्थी लक्षित प्रतियोगिताको पहिलो अडिसन जेष्ठ १८ गते काठमाडौं र त्यसपछि नुवाकोट र धादिङमा सम्पन्न भइसकेको छ ।
सोलुखुम्बुमा असार १४ चितवनमा असार २८ गते अडिसन हुने शो सन्साइन प्रोडक्शन हाउसको आयोजनामा हुन लागेको हो ।
बालबालिकाको गायन प्रतिभामा निखार ल्याउन र आत्मविश्वास बिकासका लागि ‘लैबरी सिङगिङ स्टार’को सुरुवात गरिएको प्रोडक्शन हाउसकी अध्यक्ष प्रमिला बताउँछिन् । बाल–बालिका केन्द्रीत रियालिटी शो खासै नहुने देखेर यस प्रतियोगिता सुरु गरेको गायिका समेत रहेकी तामाङको भनाई छ ।
‘लैबरी सिङगिङ स्टार’ सिजन ४ मा गायक नारायण लामा, लोकप्रिय गायक राज सिग्देल र गायिका प्रमिला तामाङ प्रमुख निर्णायकको रुपमा रहेका छन् । अघिल्लो सिजनमा गायक सिग्देल निर्णायकमा थिएनन् ।
उनले ‘लैबरी सिङगिङ स्टार’को उदेश्यबाट प्रभावित भएका कारण आबद्ध भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण