प्रदेश २ सरकारले थाल्यो लोकसेवा आयोग तयारी कक्षा

जनकपुर–प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले बेटी बचाउ, बेटी पढाउ अभियान अन्तर्गत छात्राहरुका लागि लोक सेवा आयोगको तयारी कक्षा संचालनको उदघाटन गरेका छन् ।
बुधबार जनकपुरमा एक निजी क्याम्पसमा आयोजित कार्यक्रम वीच लोकसेवा आयोग तयारी कक्षा संचालनको उद्घाटन गरेका हुन् ।
उनले छात्राहरुलाई पनि सरकारी सेवामा प्रवेश गराउने उद्देश्यले प्रदेश सरकारले ल्याएको लोकसेवा आयोगको तयारी कक्षाको बारे स्पष्ट पार्दै भने–छोरीहरुले पनि लोकसेवामा नाम निकालेर प्रतिष्पर्धी हुनुपर्ने र नाम निकाल्न सफल छिन् भन्ने कुराले प्रोत्साहन पाउने छ ।
मुख्यमन्त्री राउतले समानता र समतामूलक समाज निर्माणका लागि छोरीहरुलाई पनि समान अवसर दिनु पर्ने आवश्यकता रहेको बताए । उनले महिला र पुरुष बिच विभेद रहेको समाज कहिल्यै विकास गर्न नसक्ने भएकोले प्रदेश सरकार विकासका लागि छोरीहरुलाई उच्च शिक्षामा समान अवसर दिने नीति लिएर अगाडी बढिरहेको बताए ।
प्रदेश दुई शिक्षा, स्वास्थ्य, गरिबी, भौतिक पूर्वाधार सबै क्षेत्रमा पिछडिएको प्रदेश रहेको बताउँदै यसको मुख्य कारक नै महिला पुरुष बिचको विभेद रहेको उनले बताए ।
यस लोकसेवा आयोगको तयारी कक्षामा १ सयभन्दा बढी छात्राहरुलाई सहभागिता गराइने छ । १२ कक्षा पास गरेकी छात्राहरु यस तयारी कक्षामा सहभागी हुन पाउने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश सभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित
-
थेबेलाई दोहोर्याउने पक्षमा ओली र विद्या, युवा संघको महाधिवेशन स्थलमा नाराबाजी
-
रानीबारीमा सुन र मोबाइल चोरी
-
ललितपुरसहित देशका विभिन्न स्थानमा सवारी दुर्घटना, चार जनाको मृत्यु
-
बुहारीको हत्या गरेको अभियोगमा पक्राउ
-
झापा र इलाममा जबरजस्ती करणी, दुई जना पक्राउ