जबर्जस्ती बजेट पारित गरेको भन्दै काँग्रेस नेताले च्याते पोखरा महानगरको रेडबुक
कास्की-जबर्जस्ती बजेट पारित गरेको भन्दै, काँग्रेस निकटका वडाध्यक्षले पोखरा महानगरको रेडबुक (बजेट विवरण) च्यातेका छन् । बुधबार नगरसभाको चौथो दिन आएको रेडबुकमा असहमति जनाउँदै उनले रेडबुक च्यातेका हुन् ।
रेडबुक आइसकेपछि त्यसबारे छलफल हुनुपर्नेमा छलफलको समय र बजेटबारे बोल्ने मौका पनि दिइएन्, पोखरा ९ का वडाध्यक्ष रामराज लामिछानेले भने, ‘हामीले रेडबुक आइसकेपछि छलफल गरौं भनेका थियौं । ३ बजेमात्रै रेडबुक आयो । त्यसमा पनि हामीलाई बोल्ने मौकै दिइएन ।’ समान रुपमा बजेट वितरण नभएको उनको आरोप छ ।

रेडबुक नसच्याए बिहीवार महानगर ताला लगाउने उनले चेतावनी दिए । रेडबुकमाथि छलफलको लागि समय दिनुपर्ने भए पनि एक्कासि बजेट पारित गरेको भन्दै उनले आक्रोश पोखे ।
मेयर मानबहादुर जिसीका सामु ११ वडाध्यक्षसहित ४८ जनाले रेडबुक च्यातेर फालेका हुन् । बजेट वडास्तरीय नभर्इ नगरस्तरीय आएको उनीहरुको आरोप छ ।
गण्डकी प्रदेश सभाको बुधबारको बैठकमा विपक्षी दलका सांसदहरुले पनि बजेट वितरणमुखी भएको आरोप लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण