५४ करोडको कचौरामा टेनिस बल राख्थे दम्पत्ति, थाहा थिएन यत्ति मूल्यवान होला भन्ने
वर्षौंसम्म घरको एउटा कुनामा राखिएको सामानले पनि करोडपती बनाउन सक्छ । स्विटजरल्याण्डका एक दम्पत्तिले (४.९ मिलियन डलर) ५४ करोड रुपैयाँ पर्ने कचौरा टेनिस बल राख्न प्रयोग गरिरहेका थिए । उक्त कचौरा ती दम्पत्तिले चीनको यात्राको क्रममा खरिद गरेको बताए । लिलामी विशेषज्ञका अनुसार उक्त कचौरा १७ औं शताब्दीको हो ।
कचौराका मालिकका अनुसार उक्त कचौरा यति दुर्लभ र विशेष छ भन्नेबारे आफूलाई थाहै थिएन । स्विस अक्सनियर कोलर अक्सन ती स्विस परिवारको घरमा केही वस्तुको मूल्याङ्कनका लागि जाँदा उक्त कचौरा देखेर जिल खाएको सिएनएनले बताएको छ ।
यो चिनियाँ शासकका लागि बनाएको हुनसक्ने अनुमान गरिएको छ ।
‘जब उनीहरुले उक्त कचौरा देखे तब चकित भए । उनीहरुले यस्तो पहिले कहिले देखेका थिएनन्,’ कोलर अक्सनका मिडिया रिलेशन एवं मार्केटिङका प्रमुख कार्ल ग्रीनले सिएनएनलाई भने ।
परिवारले उक्त कचौरालाई बर्लिनको संग्रहालयमा राख्ने प्रस्ताव पनि राखे तर यसमा उनीहरुले रुची नदेखाएको बताइएको छ । यस्तै, ब्रिटिश अक्सन हाउसले पनि यो १९ औं शताब्दीको हुनसक्ने बताउँदै फोटो हेरेर नै यसलाई अस्विकार गरेको थियो ।
‘त्यसपछि परिवारले यो खासै मूल्यवान् र विशेष नभएको सोचे तर यो उनीहरुलाई निकै मन परेको थियो । यसलाई उनीहरुले दराजमा राखेका थिए । घरमा कचौरा भएपछि त्यसमा केही सामान त राखिन्छ र यसमा उनीहरुले टेनिस बल राखेका थिए,’ ग्रीनले भने ।
कोलर अक्सनले लिएपछि उक्त कचौराले सनसनी नै मच्चायो । हंगकंगमा आयोजिक एन्टिक फेयरमा यसलाई राखेपछि ३० जनाले यसलाई घरमा लैजाने इच्छा देखाए ।
‘कोरल अक्सनका विशेषज्ञलाई लाग्छ कि कचौराको दुईतिर फिनिक्स चराको डिजाइन दिएको र यसको क्वालिटी हेर्दा यो सम्भवतः चिनियाँ शासकका लागि बनाएको हुनुपर्छ,’ ग्रीनले भने ।
‘जब तपाईंले त्यतिबेला बनाइएका अन्य धुप बाल्ने भाँडो वा पित्तलका अन्य सामान हेर्नुहुन्छ भने यो ती सामानभन्दा निकै उत्कृष्ट छन् ।’
यसलाई लिलामीमा राख्दा यो ५४ करोड रुपैयाँमा रोकियो । ५४ करोड तिरेर एक चिनियाँ व्यक्तिले यसलाई चीन नै फिर्ता लगेका छन् । चीनका कोलरले यसलाई आफ्नो इन्स्टाग्राम पेजमा पनि सेयर गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपिका बाहिरिएपछि ‘कल्की’ मा आलियाको प्रवेश ? यस्तो छ निर्माण पक्षको भनाइ
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
-
युक्रेनद्वारा मस्कोको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण
-
इन्फ्लुएन्सर ओरी एउटै रिलको ७६ लाख लिन्छन्, विवाहमा पाहुना बन्न २५ लाखसम्मको शुल्क
-
नारायणीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
रास्वपा महाधिवेशन : मधेस र निर्वाचन हुन नसकेका जिल्लाका लागि विशेष व्यवस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण