संगठनमा एकता र सद्भाव भएन भने पछुताउनुको विकल्प छैन : नेता महत
काठमाडौं–नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले बेल्जियमको निर्वाचित जनसम्पर्क समितिलाई मानेर अगाडि बढ्न निर्देशन दिएको छन् ।
जनसम्पर्क समितिद्वारा आयोजित प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा नेता महतले पार्टी विधान विपरित अगाडि नबढ्न आग्रहसमेत गरे । उनले भने, ‘सबैले पार्टीको विधि विधान र पद्धति चल्नु पर्छ । त्यसको विरुद्धमा कुनै पनि साथीहरु अगाडिबढे पार्टीलाई फाइदा हुँदैन । यस्ता क्रियाकलाप बन्द गरियोस् । निर्वाचित समितिलाई मानेर अगाडी बढ्न सबैमा अनुरोध छ ।’
काँग्रेस जनताको मन जितेको सबै भन्दा ठुलो पार्टी भएको भन्दै नेता महतले पार्टीभित्रको गुट र उपगुटले गर्दा कमजोर भएको बताए ।
संगठनमा एकता, सदभाव र मेलमिलाप नभएर भोलिको दिनमा पछुताउनुको बिकल्प नभएको उनको भनाई छ । जनसम्पर्क बेल्जियम समिति सभापति सीता सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समितिका पूर्वअध्यक्ष, समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
गैरआवसीय नेपाली संघ नेदरल्याण्डका अध्यक्ष मनोहरी शर्मा, नेबिसंघ कास्कीका पूर्व अध्यक्ष पूर्ण तिमील्सीना लगायतले निर्वाचित संगठनको विरुद्धमा गलत गतिविधि भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
-
‘परम्परागत गृह प्रशासनलाई डिजिटल रुपान्तरण गर्ने बजेटको लक्ष्य’
-
विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
-
विश्वकपमा केही खेलाडीको जर्सीमा देखिने विशेष प्याच के हुन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण