शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

बलिउड छोड्दा किन ट्रोल भइरहेकी छिन् ‘दंगल गर्ल’ जायरा वसिम

सोमबार, १६ असार २०७६, ०९ : ००
सोमबार, १६ असार २०७६

दंगलजस्तो फिल्मबाट बलिउडमा आफ्नो स्थान बनाउने अभिनेत्री जायरा वसिमले बलिउड छोड्ने उनको निर्णयलाई कतिले गलत बताइरहेका छन् ।

यस्तै, केही मानिसहरु सोसल मिडियामा उनलाई ट्रोल गरिएकोमा विरोध भइरहेको छ ।

बंगाली लेखिका तसलिमा नसरिनले वसिमको निर्णय मुर्खतापूर्ण भएको बताएकी छिन् ।

तरलिमा नसरीनले आफ्नो ट्वीटर अकाउन्टमा लेखेकी छिन्, ‘हे भगवान ! बलिउडकी प्रतिभाशाली कलाकार जायरा वसिम अब अभिनय छोड्न चाहन्छिन् किनभने उनलाई लाग्छ कि उनको कलाकारिताले ‘अल्लाह’ प्रति उनको विश्वासलाई डग्मगाएको छ । कस्तो मुर्खतापूर्ण निर्णय हो यो । मुस्लिम समुदायका विभिन्न प्रतिभा दबाबका कारण बुर्काको अँध्यारोमा जान बाध्य छन् ।’

दिल्लीमा पत्रकारिता पढिरहेकी खुशबु लेख्छिन्, ‘बलिउड छोड्नुहोस् । कुनै समस्या छैन । तर आफ्नो फेसबुक पोष्टमा कुरान पढाउन के आवश्यक थियो । यदि कसैलाई आफ्नो काम मन परिरहेको छैन भने आफ्नो काम छोड्न सक्छन् । धर्मको यस्तो प्रचार यहाँ आवश्यक नै थिएन ।’

यस्तै, टिभीको दुनियाँमा काम गर्ने अभिनेता इकबाल खान भन्छन्, ‘जायरा वसिम यदि छोड्न चाहनुहुन्छ भने जानुहोस्, यसमा के ठूलो कुरा भयो र । उनको निर्णय हो । सायद उनले जे गरिरहेकी थिइन् त्यो गलत थियो र अब सायद यो काम गर्न चाहन्नन् । म एक नायक हुँ र म केही गलत गरिरहेको छैन । र मेरो कामले मलाई इस्लाम पालन गर्नबाट रोक्न सक्दैनँ ।’

यस्तै, इस्लामको कट्टरपन्थको तिखो आलोचना गर्ने तारेक फतेहले ट्वीट गरेका छन्, ‘दंगलकी स्टार जायरा वसिमले बलिउड छोडेकी छिन् । उनको अभिनयले इस्लामलाई खतरामा पारेको उनको दाबी छ । जायरा अब के गर्छौ, बुर्का कि नकाब ?’

कसले गरिरहेका छन् जायराको समर्थन ?

जायराको यो निर्णयको विरोध गर्नेहरुको संख्या कम छैन ।

तर यो निर्णयका लागि उनलाई ट्रोल गरेपछि थुप्रै महिला हस्तीले उनको पक्षमा ट्वीट गरेका छन् ।

यसका साथै जम्मु–कश्मिरका पूर्व मुख्यमन्त्री उमर अब्दुल्लाहले ट्वीट गरेका छन्, ‘जायरा वसिमको निर्णयमाथि प्रश्न गर्ने हामी को हौं ? यो उनको नीजि जीवन हो र उनी आफ्नो मर्जीले बाँच्न सक्छिन् । म आशा गर्छु कि अब उनले जे गर्छिन् त्यसले उनलाई खुसी राख्नेछ ।’

फोटोग्राफर विरल भयानीले इन्स्टाग्राममा पोष्ट गरेकी छिन्, ‘म जायरा वसिमलाई सम्झिरहनेछु । उनी निकै भिन्न थिइन् । उनी निकै कम हाँस्थिन् र आफ्नो तस्बिर भिडियो खिचाउनका लागि निकै असहज थिइन् ।’

यस्तै, हिन्दी फिल्ममा काम गरिसकेकी पाकिस्तानी अभिनेत्री विना मलिकले पनि ट्वीट गरेकी छिन्, ‘छनोटको स्वतन्त्रता । जब तपाईं बलिउडमा चर्चाको उत्कर्षमा हुनुहुन्थ्यो र अवसरको बाढी आइरहेको थियो, यस्तो समयमा फिल्मी दुनियाँ छोडेकोमा तपाईंलाई अत्यधिक प्रेम र सम्मान । तपाईंको यात्रा उत्कृष्ट रह्यो । आफ्नो सम्मानमा एक निर्णय लिएकोमा म तपाईंको तारिफ गर्न चाहन्छु । यो सजिलो हुने छैन ।’

तर फिल्मी क्षेत्रसँग जोडिएका केही हस्तीले जायराको निर्णयको आलोचना गरेका छन् ।

अभिनेता हनुमान सिंह भन्छन्, ‘हामी कलाकार सबै जीवन र धर्म बाँच्छौं । हामी एकपटक बाँच्छौं । हामीले अभिनेता बन्ने आशिर्वाद प्राप्त गरेका छौं । जायरा वसिम तपाईं एक शानदार कलाकार हुनुहुन्छ र एक कलाकारको धर्म क्यामराको अगाडि इमान्दार हुनु हो ।’

यद्यपि, जायरालाई बलिउडमा ल्याउने आमिर खानको तर्फबाट अहिलेसम्म कुनै ट्वीट गरेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप